सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२६ वर्षीया सुत्केरी महिलाकाे मृत्यु


  •    न्युजभित्तो/१२ माघ २०८०, शुक्रबार ११:३४ 
  • काठमाडौँ, १२ माघ । सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ। पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मिर्चैया नगरपालिका– ५ की २६ वर्षीया अल्काकुमारी साहले बिहीबार बिहान करिब साढे ५ बजेतिर दोस्रो सन्तान जन्माएपछि रक्तश्राव नरोकिएको, तर चिकित्सकले समयमै रेफर नगर्दा अकालमै ज्यान गुमाएको मृतकका श्रीमान् इन्द्रजितकुमार साहले आरोप लगाए ।

    अल्कालाई बुधबार साँझ प्रसूति बेथा लागेपछि बुधार राति पौने ८ बजेतिर मिर्चैया अस्पताल भर्ना गरेको श्रीमानले बताए । नर्मल सुत्केरी भएकी उनको रक्तश्राव नरोकिएपछि चिकित्सकले भनेबमोजिम रगतको जोहो गर्नतिर लागेको जानकारी दिँदै उनले भने, ‘मिर्चैया आएलगत्तै रेफर गराएर एम्बुलेन्समा विराटनगर लैजाने क्रममा सिराहाको भगवानपुरमा बोल्न छोडेपछि सप्तरीको बोदेबर्साइनमा केही समय रोकियौँ, त्यहाँबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याएर उपचार थालिए पनि चिकित्सकले मृत घोषणा गरे ।’

    अन्तिम अवस्थामा चिकित्सकले रेफर गरेकाले अकालमै श्रीमतीको ज्यान गएको उनको गुनासो छ । मिर्चैया अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। सारिका गोइतले अस्पताल भर्ना भएकी अल्काले नर्मल डेलिभरी भएको र साल निस्किएपछि सामान्यभन्दा बढी रक्तश्राव भएको बताइन् ।

    ‘सुत्केरी हुँदा साल निस्किएपछि सामान्यतया पाँच सयदेखि ६ सय एमएल रक्तश्राव हुन्छ,’ उनले भनिन्, ‘सुत्केरीपछि त्योभन्दा बढी रक्तश्राव भएकी अल्कालाई आवश्यक औषधि चलाउँदै रेफर गर्नुपर्ने हुन सक्छ भनेका थियौँ ।’ साल निस्किएपछि पाठेघर खम्चिनुपर्नेमा नखुम्चिएको, रक्तश्राव रोक्ने औषधिले केही बेर रोकिने फेरि रक्तश्राव हुन थालेपछि रगत चढाएर आइसियूमा राख्नुपर्ने भएपछि अस्पतालले बिहान करिब साढे ७ बजेतिर रेफरको पत्र बनाएर दिएको उनले बताइन् ।

    बिहान करिब ८ बजतिर लगिएको बिरामीलाई बाटोमै एम्बुलेन्स रोकेर स्थानीय क्लिनिकमा देखाउँदा पनि बिरामीको अवस्था थप जटिल भएको हुन सक्ने जानकारी दिँदै उनले विराटनगर पुर्‍याएर उपचार थालेको करिब आधा घन्टापछि निधन भएको आफूहरूले थाहा पाएको बताइन् ।

    विराटनगरमा सुत्केरीको निधन भएपछि बिहीबार साँझ करिब ५ बजेतिर मृतक परिवारले एम्बुलेन्समा शव ल्याएर अस्पताल बाहिर राखी उपचारमा संलग्न चिकित्सक, उपचार प्रक्रियालगायतको विषयमा राति १० बजेसम्म छलफल भएको इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रमुखप्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.