सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिसको लगातार चौथो जित


  •    न्युजभित्तो/८ माघ २०८०, सोमबार १७:१५ 
  • काठमाडौं, ८ माघ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।​​

    सोमवार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो । एपीएफले भने लगातार दोस्रो हार बेहोरेको छ ।

    बायाँ हाते स्पिनर ललित नारायण राजवंशी चम्किँदा पुलिसको जित सहज भयो । ​

    ललतिले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिए । पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । एपीएफका लागि सन्दीप जोरा ६७ बलमा २५ रन जोड्दै नटआउट रहे । उनले २ चौका प्रहार गरे । निकै खराब सुरुवात गरेको एपीएफ एक समय ४०–७ को स्थितिमा थियो ।

    अमर रौतेला र सन्दीपले आठौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, अमर ललितकै बलमा क्याच आउट भएपछि पुलिस जिततर्फ अग्रसर भयो । अमरले ५४ बलमा ३ चौकासहित २३ रन जोडे । प्रदीप ऐरीलाई सातौं ओभरमा गुमाएपछि सुरु भएको विकेट पतन रोक्न नसक्दा एपीएफ हारको सामना गर्न पुग्यो ।

    प्रदीप ४ रन जोड्दै ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट स्लिपमा क्याच आउट भए । पुरण विक १ रन जोड्दै रनआउट हुँदा प्रज्वल शाही १३ रन जोड्दै ललितकै बलमा क्याच आउट भए । त्यसपछि लोकेश बम र कप्तान रोहित पौडेल कुनै रन नथपी पेभेलियन फर्कंदा एपीएफ २५–५ को स्थितिमा पुग्यो । सुमित महर्जन २ र भुवन कार्की ४ रन जोडेर आउट भए । मौसम ढकाललाई ललितले दोस्रो बलमा बोल्ड गरे । अन्त्यमा रमेश कुर्मी रनआउट भएपछि पुलिसको जित पक्का भएको थियो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलीप नाथले सर्वाधिक ४४ रन जोडे । पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपीएफले लगातार विकेट लियो ।

    अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेल र करण केसी डक आउट हुँदा अमित श्रेष्ठ ८, रशिद खान ५ र ललित राजवंशी ४ रनमा आउट भए । एपीएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर रौतेला र रमेश कुर्मीले २–२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले समान १–१ विकेट लिए । पुलिसका ललित प्लेयर अफ द म्याच भए । एपीएफ यस हारसँगै ४ खेलमा ४ अंकसाथ पाँचौं स्थानमा छ । पुलिस भने ४ खेलमा ४ जित दर्ता गर्दै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.