सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर स्वास्थ्य कार्यक्रमबाट चितवनमा नौ हजारबढी लाभान्वित


  •    न्युजभित्तो/८ माघ २०८०, सोमबार १६:५५ 
  • चितवन, ८ माघ । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारबढी नागरिक लाभान्वित भएका छन् । नगरका २९ वडामा सञ्चालित उक्त कार्यक्रमबाट अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ ।

    भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत ज्येष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य सम्बन्धी रोग देखिएको छ । अभियानमा चिकित्सक र स्वास्थ्यकर्मी टोलटोलमा पुगेर प्रयोगशालासहित सेवा दिएका थिए । यसका लागि एक सय दुईजना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

    हालसम्म नौ हजार चार सय १८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँचबाट बिरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरेरनगरेको बारे पुनः परीक्षण नगरेको पाइएको उहाँले बताउनुभयो ।

    कतिपयमा मधुमेह तथा उच्च रक्तचाप रोग भए पनि जानकारी नभएकोसमेत पाइएको अधिकृत भट्टले बताउनुभयो । स्वास्थ्य जाँचपछि ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिइने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । भरतपुरवासीलाई प्रत्यक्ष महसुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको उहाँको भनाइ थियो । “जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने उद्देश्यले महानगरका सबै वडामा अभियान चलाएकोे हो”, उहाँले भन्नुभयो ।

    गत मङ्सिर २० गते भरतपुर वडा नं २४ बाट उक्त अभियान सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म सञ्चालन गरिने महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिनुभयो ।

    अभियानले भरतपुरमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क सङ्कलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउँदा धेरै सहयोग पुग्ने उहाँको भनाइ थियो । उक्त कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.