सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश


  •    न्युजभित्तो/७ माघ २०८०, आईतवार १६:५३ 
  • काठमाडौं, ७ माघ । जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् ।

    जापानको Smart Lander for Investigating Moon  चन्द्रमाको सतहमा अवतरण गरेको हो । जापानी अन्तरिक्ष एजेन्सी जाक्साका अनुसार अवतरणका लागि उसले ६ सय गुणा ४ हजार किलोमिटरको क्षेत्र खोजी गरेको थियो र यान सोही निर्धारित इलाकामा सटिक ढंगले अवतरण गरेको छ । त्यो क्षेत्र चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेको छ । निर्धारित अवतरण स्थलको १०० मिटरको दायरभित्र यान अवतरण गराउने जाक्साको योजना थियो र त्यसमा अन्तरिक्ष एजेन्सी सफल भएको छ ।

    उक्त अवतरणस्थलको नाम शियोली क्रेटर हो । यसलाई चन्द्रमामा रहेको सबैभन्दा अँध्यारो धब्बा भनिन्छ । एउटा अर्को सम्भावित अवतरणस्थल मेयर नेक्टारिस पनि हो । जसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ । स्लिममा ब्मखबलअभम  Advanced Optical and Image Processing Technology रहेको छ । साथै यसमा एक्सरे इमेजिंग एण्ड स्प्रेक्ट्रोस्कोपी मिसन  पनि चन्द्रमामा पठाइएको छ ।

    यसले चन्द्रमाको चारैतर्फ परिक्रमा गरी चन्द्रमामा बहने प्लाज्मा वायुको जाँच गर्नेछ ताकि ब्रम्हाण्डमा तारा तथा आकाशगंगाहरुको उत्पत्तिका बारेमा पत्ता लगाउन सकियोस् । यसलाई जापान, नासा तथा युरोपेली स्पेस एजेन्सीले मिलेर बनाएका हुन् ।

    पाँच महिनापछि चन्द्रमामा पुग्यो स्लिम

    जापानले गत ०६ सेप्टेम्बर २०२३ को बिहान तांगेशिमा स्पेस सेन्टरको योशिनोबू लन्च कम्प्लेक्सबाट स्लिम मिसन चन्द्रमामा प्रक्षेपण गरेको थियो । जापानको सबैभन्दा भरपर्दो रकेटको रुपमा रहेको ज्(क्ष्क्ष्ब् मार्फत् मून मिसन प्रक्षेपण गरिएको थियो, जुन ज्(क्ष्क्ष्ब् को ४७औं उडान थियो । यसलाई मित्शुबिशी हेभी इन्डस्ट्रिजले निर्माण गरेको हो । यसको सफलता दर ९८ प्रतिशत रहेको छ । स्लिम एक हलुका रोबोटिक ल्याण्डर हो । यो मिसनलाई मून स्नाइपर पनि भनिएको छ र यो मिसनको लागत १३ अर्ब रुपैयाँभन्दा धेरै छ ।

    स्मरण रहोस् पछिल्लोपटक रुसको लुना २५ यान चन्द्रमाको दक्षिणी ध्रुवमा दुर्घटनाग्रस्त भएको थियो । त्यसअघि भारतको चन्द्रयान(३ भने चन्द्रमामा अवतरण गर्न सफल भएको थियो ।

    जापानी यानले चन्द्रमामा के गर्छ ?

    अवतरण पश्चात् अब स्लिमले चन्द्रमाको सतहमा रहेका ओलिभिन चट्टानको जाँच गर्नेछ ताकि चन्द्रमाको उत्पत्तिको बारेमा पत्ता लाग्न सकोस् । यद्यपि यो मिसनमा कुनै रोबर भने समावेश गरिएको छ ।

    यसअघि जापानले यो चन्द्र मिसनको प्रक्षेपण मिति २ महिनापछि सारेको थियो । किनकि उसले मिडियम लिफ्ट एचथ्री रकेटको असफलताको परिक्षण गरिरहेको थियो । अब जापानले यही वर्ष हाकुतो(२ र सन् २०२५ मा हाकुतो तीन मिसन पठाउनेछ । यी ल्याण्डर र अर्बिटर मिसनको रुपमा हुनेछन् ।

    जापानले गतवर्ष पनि चन्द्रमामा यान पठाएको थियो । तर ऊ अवतरणमा सफल भएन । उक्त ओमोतेनाशी यान सम्पर्कविहीन भएको थियो जुन गतवर्ष नोभेम्बरमा अवतरण हुनुपर्ने थियो । त्यसपछि गत अप्रिलमा हाकूतो आर मिसन ल्याण्डरलाई चन्द्रमामा पठाइएको थियो, जुन चन्द्रमामै पुगेर दुर्घटनाग्रस्त भयो । त्यसअघि सन् २०२२ को अक्टोबरमा एप्सिलन रकेट चाहीँ प्रक्षेपणकै समयमा विस्फोट भएको थियो । एजेन्सी

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.