सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्ड फ्लुका कारण पहिलो पटक पोलार बियरको मृत्यु


  •    न्युजभित्तो/४ माघ २०८०, बिहीबार १६:५४ 
  • काठमाडौँ, ४ माघ । बर्ड फ्लु संसारको त्यो कुनामा समेत पुगेको छ, जहाँ सम्भावना नै थिएन । यसको संक्रमणका कारण एउटा पोलार बियर अर्थात् धु्रवीय सेतो भालुको मृत्यु भएको छ ।बर्ड फुलुको संक्रमणका कारण पोलार बियरको मृत्यु भएको यो पहिलो घटना हो । यो सबै जलवायु परिवर्तनको असर भएको बताइएको छ । यसकै कारण भाइरस धुव्रीय क्षेत्रमा पुगेको हो । मृत्यु भएको भालु उत्तरी अलस्काको हो । केही दिनअघि भालुमा बर्ड फ्लुको लक्षण देखिएको थियो । अन्य जीवमा पनि बर्ड फ्लु सरेको त छैन भनेर वैज्ञानिकहरु अध्ययन गर्नतिर लागेका छन् ।

    अहिलेसम्म एन५एन१ इन्फ्लुएन्जाको केही प्रकार अलग अलग जीवलाई संक्रमित गरिरहेको थियो । यसरी संक्रमित हुने जीवनमा स्याल, सी लायन, सिल आदि थिए । अन्टार्टिकामा सिलमा पनि पहिलो पटक बर्ड फ्लुको संक्रमण पाइएको थियो । तर धुव्रीय भालुमा पनि संक्रमण देखिएको यो पहिलो पटक हो । स्तनधारी जीवनहरुमा पनि बर्ड फुल् भेटिएको छ । यसका कारण ठूलो संख्यामा जीवको मृत्यु भइरहेको छ । जीवनको फरक फरक प्रजातिमा यो रोगको बिमारीको लाण फरक फरक देखिएको छ ।

    वैज्ञानिकहरुका अनुसार बसाई सरेर अलास्का पुगेको संक्रमित पंक्षीको शिकार स्याल वा सिलले गरेको र त्यसलाई मारेर खाएकोले वा मृत शरीरलाई छोएकै कारण भालुमा संक्रमण सरेको हुन सक्छ । भालुको अध्ययन गर्दा उसले संक्रमित जीवनको मृत शरीरलाई खाएको हुन सक्ने देखिएको छ । इन्फ्लुएन्जा भाइरसले आफ्नो स्वरुपलाई तीव्रताका साथ बदल्छ । अलग–अलग प्रजातिको जीवमा पसेर यो भाइरसले आफूभित्र परिवर्तन गर्छ र अर्को बलियो स्ट्रेन बनाउँछ । इन्फ्लुएन्जा भाइरस तीव्र गतिमा फैलिनुको कारण पनि यही हो । यसका कारण लामो समयसम्म संक्रमण फैलिरहन्छ । बर्ड फ्लुको असर कुन कुन जीवनमा परेको छ भनेर वैज्ञानिकहरुले लगातार समुद्री जीवनको अध्ययन गरिरहेका छन् । भाइरसले मान्छेलाई पनि संक्रमित गर्ने हो कि भन्ने चिन्तामा यतिबेला वैज्ञानिकहरु छन् । एजेन्सि

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.