सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानले इरानमाथि जवाफी आक्रमण थाल्यो, ९ जनाको ज्यान गयो


  •    न्युजभित्तो/४ माघ २०८०, बिहीबार १६:५१ 
  • काठमाडौं, ४ माघ । पाकिस्तानले इरानमाथि जवाफी आक्रमण गरेको छ । इरानले पाकिस्तानमाथि आक्रमण गरेको एक दिनपछि आज पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    पाकिस्तानले गरेको आक्रमणमा ३ महिला, ४ बालबालिका र २ पुरुष गरी ९ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । इरानले हिजो पाकिस्तानमा आतङ्कवादी सङ्गठन जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा २ जना बालबालिकाको ज्यान गएको थियो र ३ जना बालबालिका घाइते भएका थिए ।

    यसैबीच इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने बताउनुभएको छ । यस्तै अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकी विदेशी मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इरानले पछिल्ला केही दिनमा आफ्ना ३ छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताउनुभएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.