सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमाको हत्यापछि शव सुटकेसमा छाडेर भाग्ने छोरीलाई २६ वर्ष जेल सजाय


  •    न्युजभित्तो/४ माघ २०८०, बिहीबार १३:१६ 
  • वासिङ्टन, ४ माघ । आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले सन् २०१४ मा आमाको हत्या गरेर सुटकेसमा शव छाडेर भागेकी थिइन् । यस घटनामा इन्डोनेसियामा सन् २०१५ मा अभियोग लगाएर हिथरलाई १० वर्षको जेल सजाय तोकिएको थियो । तर सन् २०२१ मा उनी रिहा भइन् ।

    अमेरिकामा आउने बित्तिकै प्रहरीहरूले हिथर पक्राउ परिन् । अमेरिकी नागरिकलाई मार्ने षडयन्त्र गरेको भन्दै उनीमाथि अभियोग चलाइयो । गएको २ वर्ष म्याकले सिकागो जेलमा फैसला कुर्दै बिताइन् । बुधबार न्यायाधीश म्याथ्यू केन्नेल्लीले हाल २८ वर्ष पुगेकी हिथरलाई २६ वर्षको जेल सजाय सुनाए । अमेरिकी जेलमा अहिलेसम्म उनले बिताएको समय कटाउँदा सजाय घटेर २३ वर्षमा झरेको छ ।

    अभियोजनकर्ताहरूले आरोपीलाई २८ वर्षको जेल सजाय दिलाउन खोजेका थिए । हिथरले आफ्नो तत्कालीन प्रेमी टमी शफरसँग मिलेर आमाको हत्या गरेकी थिइन् । म्याककी आमा धनी थिइन् । उनको नाममा रहेको ट्रस्ट फन्डको १५ लाख डलर कुम्ल्याउने दाउमा म्याक र शफरले शिला भोन विज म्याकको हत्या गरेका थिए । घटनाको समयमा १८ वर्षकी हिथर गर्भवती थिइन् । म्याकले आमाको मुख थुनिरहँदा शफरले फलफूल राख्ने कचौराले टाउकोमा हानेर विज म्याकको हत्या गरेका थिए । शबलाई उनीहरुले सुटकेशभित्र हालेका थिए ।

    हत्यापछि हिथर र शफरले शूटकेशलाई ट्याक्सीमा छाडेका थिए । ट्याक्सी चालकले यसबारे प्रहरीलाई जानकारी दियो । प्रहरीले खोजतलासको क्रममा म्याक र शफरले बालीको अर्को होटेलमा फेला पारेका थिए । अमेरिकामा चलाइएको अभियोगमा सुरुमा हिथरलाई निर्दोष घोषित गरिएको थियो । आफ्नै आमा मारेर पनि हिथरलाई कुनै पछुतो नभएको तर्क गर्दै विज म्याकको भाइले अभियुक्तलाई अधिकतम सजायको माग गरेका थिए । अमेरिकामा चलाइएको अभियोगमा शफरको पनि नाम मुछिएको थियो । तर उनी इन्डोनेसियामा हिरासतमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.