सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ


  •    न्युजभित्तो/४ माघ २०८०, बिहीबार १३:०६ 
  • सुर्खेत, ४ माघ । छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवालाई प्रहरीले आज (बिहीबार) बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले उक्त पुरुषलाई टीकापुर प्रहरी कार्यालयमा राखेको छ । तर, उसको परिचय भने प्रहरीले खुलाएको छैन ।

    मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध हिजो ९बुधबार० जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।

    घटना भएको दिनदेखि नै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी साढुदाइको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

    उक्त पुरुषले सोमबार राति छोरालाई आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै लगेर हत्या गरेका थिए । घटनास्थलमा तालिमप्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानबाट ती युवकको हत्या भएको अनुमान गरेको थियो।

    त्यस्तै मंगलबार युवक मृत भेटिएको स्थानमा उनकी बहिनी असोजमा घाइते फेला परेकी थिइन्। दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि प्रहरीले चार महिना अघिको बलात्कारको घटनासँग मंगलबारको घटना सम्बन्धित रहेको अनुमान गरेको छ। बलात्कार आरोपी उनैका बाबु थिए।

    बहिनीको न्यायका लागि साथ दिएको कारण चार महिनापछि युवकको हत्या भएको प्रहरीको अनुमान छ। प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको छ। उनैले किशोर छोराको हत्या गरेको अनुमान गरिएको छ। बुवा भने अझै फरार छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.