सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटक बढाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने


  •    न्युजभित्तो/४ माघ २०८०, बिहीबार १२:०७ 
  • भरतपुर, ४ माघ । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ”, उहाँले सौराहामा आउने चिनियाँ र भारतिय पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको भन्दै यी दुई देशमा समेत अभियान चलाइने बताउनुभयो ।

    “यो समयमा पनि ६० देखि ६५ प्रतिशत पर्यटक छन्, अघिल्लो बर्षको तुलनामा ५० प्रतिशत बढि पर्यटक घुम्न यहाँ आएका छन्”, उहाँले भन्नुभयो । चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो । उहाँले जिप सफारी, हात्ती सफारीलगायतका कार्यक्रमहरू भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताउनुभयो । सरकारले निकुञ्जमा अन्य रुट पनि खुला गरिदिए पर्यटकको लागि राम्रो हुने गिरीको भनाइ छ । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो । उहाँले पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको बताउनुभयो ।

    क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताउनुभयो । “यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनुपर्दैन”, उहाँले भन्नुभयो, “थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।” सौराहामा पर्यटन आगमनमा वृद्धि भए पनि व्यवसायीले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी पाँचदेखि सात दिनसम्मको लागि बनाउनुपर्ने बताउनुभयो ।

    सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका सौराहाका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । उहाँले सौराहामा सबै व्यवसायी मिलेर घुमौ सौराहा अभियान चलाउने तयारी गरिएको जानकारी दिनुभयो । “प्रणय दिवसको अवसर पारेर रेवानले सौराहामा फुड फेष्टिबलको आयोजना गर्दैछ”, उहाँले भन्नुभयो, “हामी धरै पर्यटक ल्याउने गरी तयारी गरिरहेका छौँ ।” उहाँले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बढी प्रचारप्रसार गरेर पर्यटकलाई सौरहा आउन निम्ता दिइने बताउनुभयो ।

    सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकको आगमन भइरहेको बताउनुभयो । उहाँले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताउनुभयो । उहाँले सौराहामा कार्यक्रम र सभा सम्मेलन गर्ने गतिविधि वृद्धि भइरहेको बताउनुभयो ।

    सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । यहाँ नयाँ होटल पनि खुल्ने क्रम जारी छ । यहाँ झण्डै दुई सय रेष्टुराँ छन् । रेवानमा मात्रै आबद्ध ६५ रेष्टुराँ आबद्ध छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.