सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालिका बलात्कार प्रकरण स् पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति


  •    न्युजभित्तो/३ माघ २०८०, बुधबार १५:५८ 
  • मुगु, ३ माघ । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।

    बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् ।

    स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् ।

    अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन् । “चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही युवकले अन्य छ जना समेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.