सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानः भूकम्प गएको पाँच दिनपछि ९० वर्षकी वृद्धाको सकुशल उद्धार


  •    न्युजभित्तो/२२ पुष २०८०, आईतवार १२:३५ 
  • जापान, २२ पुस । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।

    सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम बर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ ।
    जापानमा जनवरी १ मा गएको ७।५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र अन्य २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

    भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।

    विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर, सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ ।

    उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ र अस्पतालमा लानु अघि उहाँले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

    स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।

    टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।

    सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

    जापानको मुख्य होन्शु टापूको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ ।

    हेलीकोप्टरमार्फत् सहायता पुर्‍याइँदै –

    हजारौं प्रहरी, सेना र अन्य उद्धारकर्मीहरूको उद्धार अभियानलाई खराब मौसमले चुनौतीपूर्ण बनाएको छ ।

    राहत सामग्रीहरू पानी र बिजुली कटौती भएका क्षेत्रहरूमा पुग्न ढिलो भएका कारण शनिबारसम्म ३६६ वटा सरकारी आश्रयस्थलमा रहेका ३० हजारभन्दा बढी मानिसहरूको अवस्थालाई अझ खराब बनाउन सक्ने अधिकारीहले बताएका छन् ।

    प्रधानमन्त्री फुमियो किशिदाले आइतबार एनएचकेलाई दिएको एक अन्तर्वार्तामा भन्नुभयो, “पहिलो प्राथमिकता भग्नावशेषमा रहेका मानिसहरूको उद्धार गर्नु र एकान्तमा रहेका समुदायहरूमा पुग्नु हो ।

    सेनाले प्रत्येक पृथक समुदायमा सैनिकका स–साना समूहलाई पैदल नै प्रभावित क्षेत्रमा पठाएको उहाँले बताउनुभयो ।

    प्रभावित क्षेत्रका नागरिकलाई हवाई मार्गबाट सहयोग गर्न सरकारले ‘विभिन्न प्रहरी र अग्नि नियन्त्रक विभागका हेलिकप्टरहरू पनि तैनाथ गरेको किशिदाले बताउनुभयो ।

    “विपत्तिमा पीडितहरूको स्वास्थ्यको ख्याल गर्दै हामीले आश्रयस्थलहरूको अवस्था सुधार गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

    जापानमा हरेक वर्ष सयौं भूकम्प जाने भएपनि पछिल्ला दशकहरूमा भूकम्प प्रतिरोधी संरचनाका कारण अधिकांश भूकम्पमा कुनै क्षति हुने गरेको छैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.