सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीको नजिकै गाउँ, सहज सडक पहुँचले मुहार फेरिँदै


  •    न्युजभित्तो/२२ पुष २०८०, आईतवार १२:२२ 
  • भक्तपुर, २२ पुस । कमलविनायकबाट करिब तीन सय मिटर अगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका(५ छालिङमा सडक सहज पहुँचसँगै मुहार फेरिन थालेको छ ।

    नेपाली सेनाको सैनिक प्रतिष्ठान ब्यारेक पछाडिबाट सुरु हुने घना ग्रामीण बस्ती रहेको छालिङ गाउँ कमलविनायकबाट तीन किलोमिटरको दूरीमा छ । भक्तपुरको ग्रामीण क्षेत्रमा नयाँ विकासका आयोजना थपिँदा छालिङवासीले भने विकासको महसुस गर्न पाएका थिएनन् ।

    विकासका मुख्य पूर्वाधारका रुपमा मानिने सडकको ‘ट्र्याक’ करिब ३० वर्ष अगाडि खुले पनि सडक पक्की हुन सकेको थिएन । स्थानीय र जनप्रतिनिधिको पटक(पटक प्रयासले अन्तत तीन वर्ष अगाडि नेपाली सेनाले प्रतिष्ठानको पर्खाल भत्काउँदै सडक विस्तारमा सहजीकरण गरिदिएपछि छालिङवासीमा खुसी छाएको स्थानीय युवा गोकर्ण पुरी बताउनुहुन्छ ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणले सैनिक प्रतिष्ठानदेखि छालिङ सडकमा कालोपत्र गरेपछि भने यहाँका स्थानीयमा थप खुसी छाएको छ । नगर प्रमुख जीवन खत्रीको अथक प्रयासमा प्राधिकरणले विनियोजन गरेको रु १० करोडको बजेटमा सैनिक प्रतिष्ठानबाट वडा नं ५ छालिङ कार्यालय पुग्ने दुई सय ५० मिटर सडक, खरिपाटी मनकामना एक सय ५० मिटर सडक र वार्ड नं ७ वागेश्वरी सुविधा नगरमा फुटपाथसहित एक किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

    “भौगोलोकि हिसाबले चाँगुनारायण ठूलो नगरपालिका हो । अधिकांश ग्रामीण क्षेत्र रहेको यस नगरपालिकाको छालिङमा सडककै कारण अझै पनि सार्वजनिक यातायात सञ्चालन हुनसकेको छैन”, नगर प्रमुख खत्रीले भन्नुभयो, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ । विकटलाई सुगम बनाउन चालु आर्थिक वर्षभित्र नगरपालिका र प्राधिकरणको बजेटले छालिङको सडकलाई पूर्णता दिने योजना छ ।”

    स्थानीय गोकर्ण पुरी भन्नुहुन्छ, “नगर प्रमुखको नेतृत्वमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ । यहाँका सडकलाई पिखेल र खरिपाटीसँग जोड्ने काम सुरु भएको छ । मच्छेनारायण मन्दिर पर्यटकीय गन्तव्य बनेसँगै यस ठाउँमा विकासको लहर देखिएको छ ।”

    वर्षामा हिलाम्मे र हिउँदा खाल्डाखुल्डी सडकका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा स्थानीयलाई बजारसम्म पुग्न चार किलोमिटर सडक पैदल हिँड्नपर्ने बाध्यता थियो । नगरपालिकाले छालिङमा एक सय र मनकामना सडक एक सय गरी यसवर्ष दुई सय मिटर सडक यस क्षेत्रमा ढलान गरेको छ ।

    चाँगुनारायण नगरपालिका(५ छालिङका वडाध्यक्ष जयन्द्र खड्काले छालिङमा धेरै प्रयासपछि सडक कालोपत्र गर्न सुरुवात भएको बताउनुभयो । उहाँले सैनिक प्रतिष्ठानबाट सुरु भएको भए पनि वडा कार्यालयसम्म बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्न वडाले रु एक करोड ५० लाखको बजेटमा काम सुरु गरेको उल्लेख गर्नुभयो । उपत्यका विकास प्राधिकरणले चालु आवमै यहाँका सबै सडक कालोपत्र सम्पन्न गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

    चालु आवबाटै यहाँ सार्वजनिक यातायात सञ्चालन गर्ने र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी नगरपालिका अगाडि बढेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.