सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो


  •    न्युजभित्तो/१७ पुष २०८०, मंगलवार १६:४५ 
  • चितवन, १७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ ।

    यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो । यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर दिउँसोमा भत्काउने काम गरिँदै आएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार पुल बनाउनका लागि तुइन खोलाको आडमा रहेको ढिस्को भत्काउन थालिएको हो ।

    करिब ६० मिटर अग्लो ढिस्को गत वर्ष भत्काएर ३५ मिटरमा झारिएको थियो । कडा चट्टान आएपछि काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उहाँले जानकारी दिनुभयो । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गएको दश दिनमा छ मिटर पहाडको चट्टान भत्काइएको छ ।

    गत साल २२ टनको ब्रेकरमात्र प्रयोग गरिएको थियो । आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँको भनाइमा यही ढङ्गबाट काम भएमा अर्को थप दुई साता सडक रोकेर काम गर्दा सम्पन्न हुने अनुमान गरिएको छ ।

    पहिलोपटकका लागि तीन साता सडक रोकेर काम गरिएको हो । थप दुई साता सडक रोकेर काम गरेपछि आकल झुकलबाहेक सडक रोक्न नपर्ने अनुमान आफूहरुले गरेको उहाँले बताउनुभयो । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उहाँले जानकारी दिनुभयो ।

    सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदै छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक ९एडिबी० को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

    सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.