सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु


  •    न्युजभित्तो/८ मंसिर २०८०, शुक्रबार १३:५२ 
  • काठमाडौं, ८ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र किनेका गुल्मीका एक स्वास्थ्यकर्मी अख्तियारको फन्दामा परेका छन्। भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

    झुटा शैक्षिक योग्यता पेश गरेर सेवा प्रवेश गरेको भन्दै अख्तियारले विशेष अदालतमा उनीविरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालले जनाएका छन्।

    उनले किनेर ल्याएको शैक्षिक प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापन अन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनौट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापना भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१० बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा )१० बमोजिमको सजाय मागदावी गर्दै मुद्दा दर्ता गरिएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.