सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न महासङ्घको अपिल


  •    न्युजभित्तो/२८ आश्विन २०७६, मंगलवार १५:५२ 
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ । पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।

    बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको महासङ्घले जनाएको छ ।

    महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गरी उहाँको उपचारमा सहयोगी हातको खाँचो रहेको उल्लेख गर्नुभएको छ । अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकलाई उहाँका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय वाणिज्य बैंक, सिमकोट, हुम्ला शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिन महासङ्घ केन्द्रीय समितिले सबैमा अपिल गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.