सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ


  •    न्युजभित्तो/२२ आश्विन २०७६, बुधबार १३:४४ 
  • राजविराज । आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतककी श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरीका २३ वर्षीय नहिम पमरिया र उनकी ५० वर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
    पारिवारीक विवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । गफुरको मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

    पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

    दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।
    पक्राउ परेका दुवै जनालाईमाथि अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.