सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ढिलो पाक्ने खेतीको उत्पादन घट्दै


  •    न्युजभित्तो/५ पुष २०७९, मंगलवार १२:५९ 
  • चितवन,५ पुस ।  एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार हजार पाँच सय ४५ दशमलव नौ हेक्टर रहेको छ । गत वर्ष पाँच हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष सो क्षेत्रफल घटेको हो ।

    आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लामा २२ हजार एक सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने उत्पादकत्व चार दशमलव तीन रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा २३ हजार दुई सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको हो । धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालीका लागि कुर्नुपर्ने भएकाले यस खेतीतर्फको आकर्षण घटेको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका खेती गर्न थालेका छन् ।

    तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिला हुने भएकाले कृषकले अन्य बाली रोज्न थालेका हुन् । विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । आव २०७७/७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा आव २०७८/७९ मा १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । यस आवमा यो क्षेत्रफल बढेर १४ हजार पाँच सय ७९ हेक्टर पुगेको उहाँले बताउनुभयो । तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषक आकर्षित भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष तोरीका लागि राम्रो मौसम भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.