सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धनलाई हराएर चितवनको इच्छाकामनाको अध्यक्षमा एमालेका दानबहादुर र उपाध्यक्षमा माया सिलवाल


  •    न्युजभित्तो/४ जेष्ठ २०७९, बुधबार १७:३३ 
  • ईच्छाकामना, (चितवन), ४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाल निर्वाचित हुनु भएकोछ । गुरुङले नेपाली कांग्रेसकी गीताकुमारी गुरूङलाई पराजित गर्नुभएको हो ।

    दानबहादुर गुरूङले ६११० र गीताकुमारी गुरूङले ४६०८ मत ल्याउनुभयो । पराजित भएकी गुरूङ अघिल्लो निर्वाचनबाट यो गाउँपालिकाको अध्यक्ष बन्नु भएको थियो । यसपालि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्दा पनि उहाँ एमालेसँग पराजित हुनुभयो ।

    गाउँपालिकाको अध्यक्षमा विजयी भएका दानबहादुर गुरूङ पूर्वशिक्षक हुनुहुन्छ । राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक गुरूङ सेवा निवृत्त हुन ४ वर्ष मात्रै बाँकी रहँदा राजीनामा दिएर अध्यक्षको उम्मेदवार बन्नु भएको हो ।

    इच्छाकामना–६ याक्राङमा २०२८ सालमा जन्मिएका गुरूङ चार पटकसम्म नेकपा एमालेको जिल्ला समिति सदस्य हुनुभयो । उनी हाल पार्टीको इच्छाकामना गाउँपालिकाका इन्चार्ज हुनुहुन्छ । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वजिल्ला अध्यक्ष हुनुहुन्छ ।

    इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै माया सिलवाल विजयी हुनुभयो । उहाँले ५ हजार ३४४ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरूङले ५ हजार ४४ मत ल्याउनुभयो गुरूङ गठबन्धनका उम्मेद्वार हुनुहुन्छ ।

    गाउँपालिकाका ५ वटा वडा एमालेले, एउटा माओवादी र एउटा वडा कांग्रेसले जितेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.