सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोम्चोभित्र रुमलिँदा


  •    न्युजभित्तो/१४ फाल्गुन २०७८, शनिबार १३:१७ 
  • आशा खरेल श्रेष्ठ

    चितवन, पत्रकार वसन्त पराजुलीले लेख्नु भएको मोम्चो कथा सङ्ग्रह यतिबेला निकै चर्चामा रहेको छ । उहाँको पहिलो कथा सङ्ग्रह कुमाता हो । कुमाताबाट कलम चलाउनु भएका पराजुलीको मोम्चो दोस्रो कथा सङ्ग्रह हो । अहिले मोम्चो कथा जसले पढेको छ, यसले धेरै ज्ञान लिएको छ ।

    यस कथामा चितवन , मकवानपुर , धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको साँस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ । मोम्चोको अर्थ चेपाङ भाषामा (महिला) र गोइचो भन्नाले (पुरुष) भन्ने बुझिन्छ । यस कथाले जब ब्यक्ति अशिक्षा अज्ञानले गर्दा बाल विवाह, बहुविवाह र सम्बन्ध विच्छेद गर्न बाध्य भएको कुरा स्पस्ट पारेको छ ।

    यस कथामा ११ वटा कथा रहेका छन् । कथाले विशेषगरि महिलामा हुने हिंसा, पुरुषले गर्ने अत्याचारलाई समावेश गरेको छ । हाम्रो समाजमा जतिसुकै हुने खाने घर परिवार भए पनि महिलाहरुले एक न एक पीडा सहेरै घर चलाउन बाध्य छन् । हाम्रा छोरीले अबका दिनमा यस्ता खाले पीडा खेप्न नपरोस् । हरेक परिवारले बुहारीलाई छोरीको रुपमा हेरेको देख्न पाईयोस् । यस कथाले कतै खुशी बनाउछ र कतै भावुक बनाउँछ । हरेक कथामा दुःख सुखको कहानी छ ।

    वक्ररेखा कथामा युवायुवती सम्बन्धमा बाधिन्छन । तर बिहे गरेको धेरै महिनापछि केटाले सौतेनी दिलीलाई यौन सम्बन्ध राखी गर्भवती बनाएको रहेछ । यस विषयले केटाको श्रीमतीलाई नराम्रोसँग चोट दिएको बुझ्न सकिन्छ । आफ्नो जीवनको रेखा आफैं कोर्छु । तर बलात्कारीकी श्रीमती बनेर बस्दिन । तोडिदिन्छु उनीसँग सबै सम्बन्धहरु । विर्सिदिन्छु सबै सम्झना अनि हराउँछु आफैंमा भनी अदालतकै मुद्दा शाखामा गइ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएको देखिन्छ ।

    कुटी नम्बर २०० कथामा देवघाट धाममा रहेको नदीमा स्नान गर्ने एक महिलाको बारेमा पत्रकारले समाचारका माध्यमबाट पीडामा रहेकी महिलालाई केही राम्रो होस भन्ने उद्देश्यले महिलालाई पछ्या्एको पढ्न सकिन्छ । महिलाको बारेमा पत्रकारले उनले भोगेका पीडा, दुःख, कष्टलाई यस कथामा समावेश गरेका छन् ।

    शंका कथामा श्रुतीको श्रीमान छोरा छोरी पात्र रहेको कथा पढ्न सकिन्छ । जसमा श्रुतीको श्रीमानले परिवार नियोजन गरिसकेको हुन्छ । श्रुतीको महिनावारी रोकिएको २ महिना पुगेको हुन्छ । अस्पतालमा जचाँउन जाँदा उनी गर्भवती भएको थाहा हुन्छ । श्रीमानमा जब शंका पैदा हुन थाल्दछ । घरमा दिनानुदिन कलह सुरु हुन्छ । श्रुती मनलाई भारी बनाउँदै आफ्नो माईत गएको देखिन्छ । श्रुतीको श्रीमानलाई अस्पतालमा परिवार नियोजनको बारेमा डाक्टरले श्रीमान कै कारणले गर्भ रहेको भनेपछी उ आफै मरेतुल्य हुन्छ । अन्तिममा आफुले गरेका सबै कुरा माफी माग्न श्रीमतीको माईत जान्छ ।

    मोम्चो कथामा गोरे र मंगलीबीच माया प्रेम गहिरिदै गएको देखिन्छ । गोरे र मंगली चेपाङ जाती हुन । गोरे र मंगलीको सहमतिमा मागी विवाहा हुन्छ । दुबै परिवार राजीखुशीकाबीच विवाहा सम्पन्न हुन्छ । चेपाङ समुदायमा छोरीलाई दाईजोमा चिउरीको बोट दिने चलन छ । चिउरीका बियाको घ्यू , फलबाट रक्सी बनाउने त्यसको तेल तथा घ्यू हातगोडा फुटेको र हिलोले खाएको बेला औषधिका रूपमा प्रयोग गरिन्छ । त्यसैले होला छोरीलाई यसले फाईदा गर्छ भनेर दाइजो दिने चलन राखेको हुनुपर्छ । गोरेले राम्री हुनजेल मंगलीसँग प्रेम गर्‍यो । जब उ २ शन्तानकी आमा भइ गोरेलाई नराम्री लाग्न थाल्यो । त्यसपछि उ अन्य केटीहरु संघ सम्बन्ध अगाडि बढाउन थाल्छ । आफ्नो श्रीमतीलाई जथाभावी बोल्ने कुटपिट गर्ने दिनहुुँ झगडा गर्ने जस्ता गतिविधि गर्न थाल्छ । यसै क्रममा एकदिन गोरेले अर्की श्रीमती भित्र्यायो । मंगली आफ्ना २ सन्तानसँग बस्न थाली । अब आफ्ना सन्तानका लागि दुःख गरेर हुर्काउने बाटो रोजेको देखिन्छ । अन्तमा मंगलीले पनि त्यही गाउँको ठूलेसंँ दोस्रो विवाह गर्छे । छोराछोरीको बिचल्ली हुन्छ । छोराछोरी पनि अब बुवा आमाको साहारा नभएपछी छिमेकीको सहयोगमा अनाथलय जान बाध्य हुन्छन । उता मंगलीलाई आफ्नो सन्तानको मायाले गर्दा न भोक न निद्रा पीडाले रातदिन पिरलिएकी हुन्छे । एकदिन अति नै भएपछी उ आफ्नो सन्तानको खोजीमा सबैलाई बिर्सेर खोज्नको लागि घरबाट बाहिरेको देखिन्छ ।

    जीजिविषा कथामा माडीमा जन्मेकी छोरी आफ्नो बुवा आमाको सपना पूरा गर्नको लागी र ठूलो घर बनाई सुख सयल गर्ने सपना देखेकी हुन्छे । सोही सपना पूरा गर्नको लागि अमेरिका जाने निर्णय गर्छे । उसले अमेरिका गएर धेरै पैसा कमाउने विचार मनमनै सजाएको देखिन्छ । एकदिन अमेरिका जाने उसको रहर पूरा हुन्छ । उसले अब हामी पनि माडीबाट भरतपुर सर्नुपर्छ । मैले दुईचार बर्ष अमेरिका बसेर कमाए भने भरतपुरमा घडेरी किनेर बस्न सकिन्छ भनेर बुवा आमालाई फुर्काएकी हुन्छे ।

    माडीमा बाघ ,गैंडा हात्तीले घरमा आएर धान खाने, मान्छेको ज्यान लिने जस्ता घटनाले उसको मनमा आगो दन्किएको थियो । उ पढ्ने र कमाउने सपना बोकेर अमेरिका पुगेकी अब त बिहान बेलुकाको छाक टार्न मुस्किल पर्न थाल्यो । उसले घर परिवारमा देखाएको आश्वासन त्यसैमाथी साथीहरूले आइफोन त आउला नी त अमेरिका छस् भन्दा झन उसलाई दिनदिनै तनाव बढ्न थाल्छ । यसैक्रममा एकदिन कलेजमा पढाउने प्रमोद सरले हाई लेखे मैले हेलो भने अनि कुरा अगाडि बढ्दै गयो । एकदिन घुम्न जाने प्रस्ताव राख्नु भयो । म खुशी हुँदै घुम्न जान तयार भए । धेरै ठाउँमा घुम्दै रमाइलो गरियो । समुन्द्रको तिरमा गइ फोटो खिचेउ अनि बेलुका घरमा आयौं । त्यही समयमा प्रमोदले मलाई पाँच सय डलर हातमा राखिदिए लेउ यो खर्च गर्न हुन्छ भनेँ मैले लिएँ । यतिकैमा प्रमोद आफ्नो बाटो लागे । म घर गए दिनभरि खिचेका फोटाहरु फेसबुकमा पोस्ट गरे । नेपालबाट धेरै जनाले हेरेर लाईक कमेन्ट गर्न सुरुभयो म भने कति पीडामा छटपटाएकी छु । त्यो त मलाई मात्र थाहा छ ।

    फेरि ३ महिनापछी प्रमोद र म घुम्न गयौं । दिनभरी घुमियो रमाइलो गरियो । रात त्यतै पर्न लाग्यो । त्यो दिन प्रमोदले यतै बस्यौं भने मैले पनि नकार्न सकिन हामी एक होटेलमा बास बस्यौं । अब प्रमोद र मेरो माया झन नजिक हुँदै गयो । मलाई उ बिना एक्लै बस्न गाह्रो भयो । हामी सहमतिमा लिभीङ टुगेदरमा बस्न थाल्यौं । प्रमोदसँग रहदा म गर्भवती भएछु । मैले प्रमोदलाई भने प्रमोदले अनप्लान्ड बेवि नराख्ने सल्लाह दिए । म उनको कुरामा सहमत भइन । उनी मबाट टाढा भए मैले धेरै कष्ट गरि छोरी जन्माए । एकातिर पढाई रोकियो । दोस्रो भिसा सकियो । घरबाट खर्च मगाउन सम्भव थिएन । यस्तै कुराहरु सोचिरहेको बेला एक्कासि घरबाट छिमेकी भाईको फोन आयो । भाईले भन्यो निकुञ्जबाट आएको गैंडाले खेतमा काम गर्दा गर्दै बुवालाई गैंडाले हानेर गम्भीर घाईते बनाएको कुरा सुनायो । उसले भन्यो दिदी तपाईं आउन मिल्ने भए छिटो आउनुस बुवाको अवस्था चिन्ताजनक छ । यो सुन्नसाथ मलाई निकै दुःख लाग्यो ।

    अर्को दिन भरतपुर अस्पतालमा बुवाको निधन भएछ । अब म केही सहयोग गर्न सक्ने अवस्थामा छैन । बुवालाई सम्झिए आमालाई सम्झिए बेस्सरी रोए अनि बेहोस भएछु । केही समयपछी होसमा आए अब सबै कुरालाई भुलेर छोरीको मुख हेरेर छोरीका लागि भए पनि बाच्न मन लाग्यो । यसरी कथाको अन्त्य भएको छ । यसमा बीचमा भएका केही कथाहरु समावेश गरिएको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
    मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
    • ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
    • तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
    • पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
    • मत्स्यनारायणमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.