सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १०:३३ 
  • वीरगञ्ज, ९ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेका सेवाग्राहीले मात्रै विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नेछन् । सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर आवेदन दिएपश्चात उक्त आधारमा तयार हुने विद्युतीय राहदानी निवेदन दिएको प्रशासन कार्यालयमार्फत केही सातापछि सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

    प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सेवाग्राहीले विद्युतीय राहदानी लिनका लागि सबै प्रक्रिया पूरा गरी आवेदन दिएमा नियमानुसार विद्युतीय राहदानी पाउने छन् । यसअगावैको जारी गरिँदै आएको मेसिन रिडेवल पासवर्ड (एमआरपी)भन्दा विद्युतीय राहदानी प्रभावकारी मानिन्छ ।

    सेवाग्राहीले विद्युतीय राहदानीको आवेदनका लागि अनलाइन https://emrtds.nepalpassport.gov.np मार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात केही सातापछि जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्नेछन् ।

    हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन आज

    आजबाट वीरगञ्जमा हुने हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ । देशका ७२ जिल्लाका ४०० बढी प्रतिनिधि सहभागी रहने सम्मेलन शनिबारसम्म चल्ने छ ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा हिन्दू धर्मबारे थप पैरवी तथा प्रशिक्षण साथै हिन्दू धर्म संस्कृतिमाथि योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको परिषद्का अध्यक्ष सन्तोष पटेलले जानकारी दिनुभयो ।

    दुईदिने कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवा डा चिन्तामणि योगी, डा सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा दीपक शाक्य, प्रा वासु कर्ण, अरबिन्द श्रेष्ठलगायतकाले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.