सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कलाकार सम्पदा संरक्षणमा सक्रिय


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १५:५९ 
  • काठमाडौँ, ८ पुस,। सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन् ।

    शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भएको ‘क्यानभासमा हनुमान ढोका प्रतिविम्ब’ चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य, प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, वरिष्ठ कलाकार ग्रेहेन्द्रमान अमात्य, गोविन्दसिंह डङ्गोल, जीवन राजोपाध्यायसहित कलाकार सहभागी छन् ।

    प्रत्येक कलाकारले कम्तीमा फरक फरक दुई चित्र बनाउनुपर्ने छ । एउटा चित्र समितिले राख्ने छ भने अर्को कलाकार स्वयमले प्रयोग गर्न सक्नेछन् । कलाकारले मुख्यगरी मूलचोक, त्रिशूल चोक, मोहन चोक र जलाशय नारायणको चित्र बनाएका छन् । शनिबारीय समूह चार वर्षदेखि प्रत्येक शनिबार ऐतिहासिक सम्पदाको चित्र बनाउनमा व्यस्त रहने गरेको स्थलगत कार्यशालाका संयोजक दिबेसमानसिंह प्रधानले जानकारी दिए ।

    हरेक शनिबार सम्पदाको चित्र बनाउनकै लागि शनिबारीय कला कार्यशाला समूह काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र कहीलेकाहीँ उपत्यका बाहिरका जिल्लामा पनि जाने गरेको प्रधानले बताए । चार वर्षदेखि अहिलेसम्ममा सम्पदाको मात्रै दुई हजारभन्दा बढी चित्र उतारिसकेको प्रधानले बताए ।

    “चित्र बनाउने विषयवस्तु धेरै छन्, अझै पनि युवा पुस्तामा चित्रकलाप्रति आकर्षण कम छ त्यसमा पनि ऐतिहासिक सम्पदा प्राथमिकतामा पर्दैनन् त्यसैले सम्पदाकै चित्र बनाउने र त्यसलाई प्रदर्शनमा राख्न थालिएको हो”, उनले भने ।” हाल तयार भइरहेको वसन्तुरको ऐतिहासिक सम्पदाको चित्र पनि यही पुस १२ गतेदेखि एक महिनासम्म प्रदर्शनीमा राखिने बताइएको छ ।

    उक्त स्थानमा २५ कलाकारले करिब ५० चित्र बनाउने छन् । चित्र कोरेबापत उक्त समूहले कुनै परिश्रम लिने छैनन् । चित्र बनाउनका लागि आवश्यकपर्ने सामग्री समितिले प्रदान गरेको हो । तयार पारिएका चित्र सङ्ग्रहालमा राख्ने बताइएको छ ।

    कार्यशाला समूहले अहिलेसम्म काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सात सम्पदामध्ये ५ वटाको चित्र बनाइसकेको छ । पशुपतिनाथको चित्र कोर्ने तयारी छ ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.