सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १५:५३ 
  • बाँके, ८ पुुुुुुुुुुुुुस । किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले किशोरीहरू जागेकाले आफ्नो अधिकारका लागि धेरै घटना बाहिर आएको बताए ।पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो ।साथी संस्थाको आयोजनामा भएको उक्त बैठकमा प्रहरी उपरीक्षक कार्कीले तीन वर्षको लैङ्गििक हिंसाका घटनाको तथ्याङ्क प्रस्तुत गरेका थिए।

    प्रहरी उपरीक्षक कार्कीले भने, “आव २०७५-७६ मा १३९, २०७६-७७ मा ११९, २०७७-७८ मा १०६ महिला हिंसाका घटना भएको थियो । ”नेपाल प्रहरी निरन्तर लागिरहँदा पनि यस्ता घटना न्यूनीकरण हुन नसकेको बताउँदै उनले सम्पूर्ण सरोकार निकायबाट समन्वय, सहकार्य हुनुपर्नेमा जोड दिए ।आयोजक संस्थाका कार्यक्रम अधिकृत कुलराज दहितले घरेलु हिंसामा परेकामध्ये ३४ जनालाई उद्धार गरिएकोे बताए ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.