सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरपालिका भलिबल : सिगास फाइनलमा


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १४:५७ 
  • बैतडी, ८ पुस । सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो ।

    कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो । दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो । तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    यस्तै अर्को खेलमा दशरथचन्द नगरपालिकालाई र सिगास गाउँपालिकाले २५–२३ र २५–२१ अङ्कले हरायो भने मेलौली नगरपालिका ‘ए’ले पाटन नगरपालिकालाई १५–२५ र २२–२५ अङ्कले पराजित ग¥यो । यस्तै सुर्नया गाउँपालिका र पञ्चेश्वर ‘ए’ बीचको खेलमा पञ्चेश्वर ‘ए’ २४–२७ र २२–२५ अङ्कले विजयी भयो । सिगासले युवाजागरण मञ्च मेलौली ‘बी’लाई २२–२५ र २५–२७ अङ्कले हरायो ।

    फाइनल प्रवेशका लागि दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाबीच खेल हुने छ । विजयी टोलीले उपाधिका लागि सिगाससँग खेल्ने छ भने पराजित टोलीले पञ्चेश्वर ‘ए’ सँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।

    पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही पुस ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी रहेको खेल संयोजक सागर भण्डारी सोराडीले जानकारी दिनुभयो । उपाधि जित्नेले रु एक लाख १० हजार १०१, द्वितीय हुनेले रु ७५ हजार १०१, तृतीय हुनेले रु ५० हजार १०१ तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टोलीले रु ३० हजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.