सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा अर्ना बचाउनै मुस्किल


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १४:४९ 
  • –नारायण अधिकारी

    चितवन, ८ पुस। वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष साउनयता १० अर्ना मरेका छन् । तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो । तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए । विसं २०७४ का बाढीमा पाँच अर्ना मरेको थियो, भने एउटा बाघले खाएको थियो । त्यसयता चार पाडापाडी जन्मिएका थिए । उहाँका अनुसार यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन् । खोरमा तीन वटा पोथी मात्र बाँकी छन् ।

    विसं २०७५ को साउन ३१ गते पहिलो बच्चा जन्मिएको थियो । समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन । प्रमुख संरक्षण अधिकृत आचार्यले ५०सम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन् । निकुञ्जमा रहेको सङ्ख्या कम हुँदा छोड्नसक्ने अवस्था नरहेका कारण समस्या भएको हो । उहाँको भनाइमा कोशीमा बगेको पानी खाएका अर्ना यहाँ खोरभित्रको तलाउ र घाँसे मैदानमा लामो समय बस्न कठिन भएको देखिन्छ । उहाँले भन्नुभयो,“उपयुक्त बासस्थान र खानाकै कारण समस्या भए जस्तो देखिन्छ ।” ठूलो सङ्ख्या भएर छिटो छोड्न सकेमा सफलता मिल्ने उहाँको अनुमान रहेको छ ।

    सन् १९६१ ताका यहाँ अर्ना रहेको बताइन्छ । त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने बताइन्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ पछिल्लो पटक मरेको अर्नामा निमोनिया देखिएको बताउनुहुन्छ । बासस्थान रहेको क्षेत्रमा बाढीका कारण प्रभाव परेको र बिरामी परेर अर्ना मरेको उहाँको भनाइ छ ।

    मरेका अर्नाको एकीन कारण पहिचानका लागि नमूना राखिएको छ । पूर्ण परीक्षणपछि थप कारण पत्ता लाग्ने निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल यसैवर्ष अर्ना स्थानान्तरण गर्ने विषयमा प्रस्ताबको तयारी गरेको बताउनुहुन्छ । उहाँको भनाइमा पाँच महिना मात्र राखेर बथान वनाएर छोड्न मिल्ने गरी अर्ना ल्याउनुपर्दछ ।

    त्यसरी ल्याइएका अर्नालाई रेखदेखका लागि थप जनशक्ति परिचालन गरी पोसिलो खानाको व्यवस्था गरिने कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छिट्टै अर्ना स्थानान्तरण गरेर वर्षात्सम्ममा खुल्ला ठाउँमा छाड्नसक्ने गरी कामका लागि प्रस्ताव गर्दैछौं ।” छोटो समय विशेष निगरानीमा राखेमा उपयुक्त हुने उहाँको भनाइ छ ।

    एक ठाउँमा मात्र अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना रहेको छ । कंडेलले वथान वनाएर छोड्दा उनीहरुले चाहेको जस्तो बासस्थान पाउने भएकाले यसबाट बंश विस्तार गर्न सहज हुने जानकारी दिनुभयो । तत्कालीन समयमा २५ वटा अर्ना ल्याउने भनिए पनि कम सङ्ख्या ल्याएकै कारण समस्या भएको हो । अब ल्याउदा दुई÷तीनवटा भाले ल्याउने र अन्य पोथी ल्याउने विभागको तयारी रहेको छ ।

    अर्ना तीन÷चार वर्षको उमेरपछि प्रजननयोग्य हुने गर्दछ । अर्ना स्वच्छ पानी, दलदल र घाँसे मैदानमा रमाउने गर्दछ । अर्ना भैँसी प्रजातीको हुने हुनाले सोही अनुसारको ब्याउने चक्र हुनेगर्दछ । यसको सरदर आयु २५ वर्ष हुने विज्ञहरु बताउछन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.