सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुष २७ देखि रत्ननगर महोत्सव,तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १३:३३ 
  • चितवन,८ पुस । पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । महोत्सवमा तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको छ। विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन्। कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन्।

    पूर्वी चितवनको रत्ननगर नगरपालिकामा यही पुष २७ गतेदेखि रत्ननगर महोत्सव–२०७८ हुँदैछ।

    आयोजक रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरी यही पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुन लागेको जानकारी दिएको छ। ११ औं महोत्सव यसपटक पनि रत्ननगर प्रवेशद्धार टिकौली चौरमा आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले जानकारी दिए।

    महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर, राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराराष्ट्रिय गरि करिव ३ सय ५० वटा स्टल रहने छ। यसपटक महोत्सवमा तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

    यस्तै महोत्सवमा पर्यटन प्रवद्र्धन अन्तर्गत जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरु सौराहा, टिकौली होमस्टे, चेपाङ वस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसारको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।

    सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक सीसी टिभीबाट निरिक्षण गरिनेछ भने रु ५ करोड बराबर विमाको व्यवस्था गरिएको छ।

    महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ। जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ।

    चिकेन एण्ड एग फेस्टिबल

    रत्ननगर महोत्वसमा पछिल्लो वर्षहरुमा नियमित जसो फेस्टिबल समेत आयोजना गर्ने गरिएको छ। जसअन्तरगत यसवर्ष पनि रत्ननगरको टाँडी बजारमा मासु र अण्डाको खपत बढाउन चिकेन एण्ड एग फेस्टिबल आयोजना गरिएको छ। फेस्टिबल पुस २९ गतेदेखि माघ ३ गतेसम्म पाँच दिनसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले दिए।

    प्रेस विज्ञप्ती

    रत्ननगर महोत्सव २०७८
    (पौष २७ देखि माघ ८)

    “रत्ननगर महोत्सव हाम्रो पहिचान,
    व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान”

    समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव २०७८ को ११औं संस्करणको सन्दर्भमा विविध जानकारी दिने उद्देश्यले यो पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    विगत दुई दशकदेखी प्रत्येक दुइ दुइ वर्षमा आयोजना हुने यस रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन,शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । कोरोना महामारीको कारण श्रृजित आर्थिक, सामाजिक प्रतिकुलता र बिषम परिस्थितिका बीच अहिले हामी नेपाली अर्थतन्त्रको बृद्धि (Growth) र पुनरोत्थान (Recovery) को राष्ट्रिय एजेन्डा कार्यन्वयनको चरणमा छौ । विगत देखिनै रत्ननगर उद्योग वाणिज्य संघले नेपाली उत्पादनहरुको बजार प्रवद्र्धनका साथै स्थानीय कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकास र बिस्तारमा अग्रसर रहि १० औं पटक महोत्सव सफलता पुर्बक सम्पन्न गरिसकेको कुरा स्मरण गराउदै यसलाई अझै परिष्कृत र परिमार्जन सहित रत्ननगर नगरपालिकाको संरक्षकत्व र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा मिति २०७८ पौष २७ देखि माघ ८ गते (तदनुसार ११ देखि २२ जनवरी २०२२) सम्म रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा ११औं संस्करणको रुपमा रत्ननगर महोत्सव–२०७८ को आयोजना गर्न लागिएको हो ।

    रत्ननगर महोत्सव २०७८ मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने छन् । देशकै तेश्रो पर्यटकीय गन्तब्य स्थल चितवन सौराहाको मुल द्धार रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको छ । यसले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने कुरा छर्लङ्ग छ । यस पटकको महोत्सवमा तिन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सव २०७८ लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ ।

    चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ । बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएका छौं । स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि संचालन गरिने छ । महोत्सवमा माछापालनमा नयां वायोफ्लक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ ।
    यस बर्षको महोत्सबमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्र्तगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, टिकौली होमस्टे, चेपाङ वस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसार्का व्यवस्था पनि मिलाइएको छ । अटो, कृषि, शैक्षिक, पशुपंक्षी व्यवसायसंग सम्बन्धित छुट्टैे परिसर रहने छ । विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ ।

    विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ३ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित चौथौं पटक चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ ।

    रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदयमान तथा अवसरबाट वञ्चित प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने गरेको छ । यस बर्ष अझ भब्य र व्यवस्थित सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरिएको छ । विभिन्न आदिवासी जनजातीका भेषभुषा तथा नृत्य सहितको कला संस्कृती प्रदर्शन गरिने छ ।

    महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जनजाती, धार्मिक, सांस्कृतिक, शैक्षिक तथा अन्य संघ संस्थाको सहभागितामा बाजा र झांकी सहितको शोभायात्रा निकालिने छ । चितवनको विविध गतिविधि समाविष्ट भएको “रत्ननगर महोत्सव स्मारिका” पनि प्रकाशित गरिनेछ । सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक ऋऋत्ख् बाट निरीक्षण गरिनेछ भने ५ करोड बराबर विमाको व्यवस्था गरिएको छ ।

    रत्ननगर महोत्सव २०७८ का, मुख्य प्रायोजक होटल सेभेन स्टार, सौराहा, रत्ननगर चितवन, प्रयोजक ः शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा संचालित “गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर” रत्ननगर, चितवन, चिकन एण्ड एग फुड फेस्टिवल प्रायोजक जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको उत्पादन बर्ड वाइजर वियर÷ रुसलान भोड्का आधिकारी बैंक ः नारायणी डेभलमेन्ट बैंक लि., रत्ननगर, चितवन, आधिकारी वीमा ः अजोड इन्सुरेन्स प्रा.लि., आधिकारी पानी ः फेमिली फुड एण्ड वेभरेज, (कलकल पानी) र ब्रदर्स फुड एण्ड वेभरेज प्रा.लि. (माउण्टेन ड्रप) रत्ननगर, टिकट सौजन्य ः रिद्धि सिद्धि सिमेन्ट प्रा.लि, मुल गेट सौजन्य ः भ्हउभचत भ्मगअबतष्यल, रत्ननगर, सहयोगी संस्था ः निम्बस, रेष्टुरेण्ट परिसर सौजन्य ः ख्भलतगचब द्ययततभिचक एखत। ीतम। को आरसि कोला, इन्टरनेट पार्टनर ः ऋबिककष्अ त्भअज एखत।ीतम। एक दिने सांस्कृतिक कार्यक्रम प्रायोजन ः तिरुपती पेन्ट्स प्रा.लि, रत्ननगर र प्रवद्र्धकको रुपमा ः नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, वागमतीप्रदेश, प्रदेश सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वागमती प्रदेश, हेटौडा, जिल्ला समन्वय समिति चितवन, घरेलु तथा साना उद्योग कार्यालय, चितवन, कृषिज्ञान केन्द्र चितवन, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवन रहेको छ । यस पटकको टिकट शुल्क सर्वसाधारण तर्फ रु.५०।— र विद्यार्थी शुल्क रु.२५।— राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएको नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विगतका महोत्सवहरुमा झै यस पटक पनि संचारकर्मी महनुभावहरुलाई प्रवेश सुविधाका निम्ति आ–आफ्नो संचार प्रतिष्ठानको परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
    यसै सन्दर्भमा यहां उपस्थित सम्पूर्ण पत्रकारज्यूहरुलाई आफ्नो सञ्चार माध्यमबाट यस महोत्सवको उद्घाटन पूर्व र अवधि भरमा सञ्चालित कार्यक्रमहरु तथा गतिविधिहरुलाई उचित स्थान दिनुभई महोत्सवको व्यापक प्रचार प्रसारमा सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्न चाहन्छु ।

    साथै रत्ननगर महोत्सव २०६४ मा परेवाकोटको हृदयविदारक दुर्घटनाले हामीलाई कहिले निको नहुने घाउको रुपमा पिडा दिने गरेको छ । दुर्घटनामा दिवंगत हुनु भएका तत्कालिन संघका कार्यसमिति सदस्य एवं महोत्सवका कला सांस्कृितक समितिका संयोजक हाम्रा आत्मिय मित्र स्व.जगतकृष्ण प्रजापती, मेघनाथ उप्रेती र लक्ष्मी वि.क.लाई समेत सम्झनामा भावपूर्ण श्र्रद्धाञ्जली अर्पण गर्दै घाईते पत्रकार तथा मित्रहरु प्रति हृदय देखि सहानभुती प्रकट गर्न चाहन्छौं ।

    अन्त्यमा, चितवन जिल्लाको विशिष्ट पहिचानलाई नेपाली जनमानस सम्म पुर्याउन यस रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरेको रत्ननगर महोत्सव आज ऐतिहासिक ११ औं संस्करण सम्म आइपुग्दा यस क्षेत्रकै विकासको द्योतकको रुपमा स्थापित हुदै गइरहेको महशुस गरेका छौं । यो निरन्तर श्रृंखला बाट पनि समग्र आर्थिक सम्भावनाहरुको प्रचुर खोजी गर्दै हाम्रा सामाजिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन, सम्वद्र्धन गर्ने कार्यमा सकारात्मक र दिगो प्रभाव पर्ने कुरा छर्लड्ड नै छ । जसले गर्दा आगामी दिनहरुमा समृद्ध नगर बृहत रत्ननगर बनाउने साझा अभियानमा यो एउटा कोशेढुङ्गा हुनेछ भन्ने विश्वास राखेका छौं ।

    यसकारण, समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव २०७८ को सफलताका लागि अधिकतम जनसहभागिता जुटाइ, ऐतिहासिक सफलता दिलाउन, महोत्सबलाई रत्ननगर र चितवन मात्र हैन समग्र मुलुकको आर्थिक विकासका लागि अझ परिष्कृत रुपमा सफल बनाउन, सम्पूर्ण पत्रकार तथा संचारकर्मी, स्थानीय तथा राष्ट्रिय स्तरमा संचालित सम्पूर्ण संचार संस्था सवैबाट रचनात्मक सहयोग, सुझावको अपेक्षा गरिएको छ । पूर्ण सहयोग मिल्नेछ भन्ने विश्वास पनि लिएका छौं ।

    अवलोकन गरौं, सहभागी बनौं, सफल पारौं १

    अनिल कृष्ण श्रेष्ठ
    संयोजक
    मूल आयोजक समिति
    रत्ननगर महोत्सव २०७८
    मिति ः– २०७८।९।८

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.