सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार हजारको मतदाता नामावली दर्ता


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १२:१६ 
  • दमौली, ८ पुस । तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ । पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो । भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, बन्दिपुर गाउँपालिकाबाट ९२५ र देवघाट गाउँपालिकाबाट ७०८ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

    गत मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो । यही अवधिमा प्रशासन कार्यालयबाट ३६३ र निर्वाचन कार्यालयबाट १३८ जनाको नामावली सङ्कलन भएको थियो । जिल्ला बाहिरका ३१ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएको उहाँले बताउनुभयो । यसबीचमा चार हजार ४४६ जनाको विवरण सङ्कलन भएको छ । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” उहाँले भन्नुभयो,“परिचयपत्र हराएकाले पनि पुनःनाम दर्ता गराएको हुनसक्छ ।”

    दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाटै सङ्कलन अभियान सुरु गरिएको हो ।

    मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी ३२ कर्मचारी परिचालन गरिएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता पुगेका थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । लू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार ८१७ मतदाता थपिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.