सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १२:०६ 
  • वीरगञ्ज, ८ पुस  । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आउनुभएको हो । उहाँले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैले उक्त जिम्मेवारी सम्हाल्ददै आएको जानकारी दिनुभयो ।

    पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा उपसचिवको सरुवा भए पनि फेरी तुरुन्तै अन्यत्र सरुवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हँुदै आएको पाइन्छ । कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् । अधिकांश कर्मचारी नहँुदा कार्यालय सञ्चालनमा कठिनाई हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो ।

    हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् । कार्यालयबाट नियमितरुपमा जग्गा रजिष्टेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का÷फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन् । साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक–फरक कार्यालयलाई एकिकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रुपमा सञ्चालन हँुदैआएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.