सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर स्कुल नृत्य प्रतियोगितामा न्यू होराइजन प्रथम सनराइज द्धितिय


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १०:४६ 
  • चितवन,८ पुस  । हरेक बर्ष लिटल फ्लावर स्कुल, नारायणगढले आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ (अन्तर स्कुल नृत्य प्रतियोगिता)मा न्यू होराइजन स्कुल क्षेत्रपुरले प्रथम स्थान हासिल गरेको छ भने द्धितिय स्थान सनराइज स्कुल भरतपुरले प्राप्त गरेको छ । प्रथम स्थान ओगट्न सफल भएको होराइजन स्कुललाई ३० हजार रुपैयांँ नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो र द्धितिय स्थान हासिल गर्न सफल सनराइज स्कुलले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो
    यस्तै लिटल फ्लावरको यो चौथौं संस्करण अन्तर्गत भएको नृत्य प्रतियोगितामा तृतीय स्थानमा आदिकवि भानुभक्त मावि नारायणगढ र बेष्ट कोरियोग्राफरको स्थान अर्चिड स्कुलले भरतपुरले हासिल गरेको छ । आदिकवि भानुभक्तले १५ हजार रुपैंया ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने अर्चिड स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।
    उक्त प्रतियोगितामा चितवन र नवलपुरका गरी २५ वटा स्कुलले सहभागिता जनाएका थिए ।

    सो अवसरमा स्वागत मन्तव्य दिदैं लिटर फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तरस्कुल बीच हुने यस्ता प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापना गर्न र विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले हरेक बर्ष नृत्य लगायत अन्य कार्यक्रम गर्दै आएको बताए । ‘यस्ता कार्यक्रमले स्कुलबीचको एकता र हारमोनी पनि कायम रहन्छ, फादर रोवीले भने, विद्यार्थीको नेतृत्व र व्यत्तित्वको पनि विकास हुन्छ ।’ अध्ययनको साथै अतिरित्त क्रियाकलाप विद्यार्थीको लागि अपरिहार्य रहेको भन्दै रोवीले यस्ता कार्यक्रमलाई स्कुलले निरन्तरता दिदै आएको बताए । ‘हामीले नृत्य लगायत अन्तरस्कुल खेलकुद ,हाजिरीजवाफ लगायत विज्ञान प्रविधि प्रर्दशनी तथा प्रतियोगिता आयोजना गर्दै आएका छौं , उनले भने, यस्ता कार्यक्रमहरु स्कुलले प्राथमिकतामा साथ गर्दै पनि आएको छ ।’

    नृत्य प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि चलचित्र क्षेत्रकी अभिनेतृ रेखा थापाले नृत्य प्रतियोगिता विद्यार्थीहरुको लागि सिर्जना र प्रतिभा देखाउने मौका भएको बताईन । विद्यार्थीले आफ्नो प्रतिभालाई तिखार्दै लैजानुपर्ने भन्दै यसले नेपाली कला ,संस्कृतिको जगेर्ना गर्न समेत मदत पुग्ने बताईन ।

    कार्यक्रममा तीनजना समुहको निर्णायक मण्डलले प्रतियोगी छनौट गरेका थिए । नृत्य प्रतियोगितामा नेपाली संस्कृति, राष्ट्रभक्ति तथा विभिन्न जातजातीको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.