सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खिचरा महोत्सव पुस ३० गतेदेखि माघ १० गतेसम्म हुने


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार १४:५८ 
  • चितवन, ७ पुस  । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ ।

    खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ । महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिचान” भन्ने मूलनाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । आठौँ खिचरा महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाईसमेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ का सभापित चुडामणि चौधरी बताउनुभयो ।

    महोत्सवको मुख्य आकर्षणको रुपमा थारु समुदायको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछन् । कोभिडका कारण गतवर्ष रोकिएको महोत्सव यसवर्ष हुन लागेको हो ।

    यसैबिच महोत्सव सम्पन्न गर्न चुडामणि चौधरीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको आर्थिक संयोजकमा जीतबहादुर चौधरी, स्टल, मञ्च, कृषि, शौचालय तथा गेट व्यवस्थापनमा रामचन्द्र चौधरी, टिकट सचिवालयमा दिपनारायण राउत, सांस्कृतिक, झाँकी, कलाकार तथा शोभा ¥याली व्यवस्थापनमा विक्रम चौधरी, पार्किङ तथा खेलकूद व्यवस्थापनमा सानु चौधरी, खानेपानी तथा विद्युत् व्यवस्थापनमा विष्णु चौधरी, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापनमा सरोज चौधरी, आन्तरिक पर्यटन तथा यातायात व्यवस्थापनमा रामेश्वर चौधरी, प्रचारप्रसार विभाग प्रमुखमा जीतेन्द्र चौधरी र छपाई तथा मसलन्द व्यवस्थापनमा छन्नु चौधरी रहनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.