सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा चार हजारले भरे मतदाता नामावली


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार १४:५० 
  • नवलपुर, ७ पुस ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा तीन हजार ९०३ ले नामावली दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले पहिलो चरणमा जिल्लाको हुप्सेकोटमा एक हजार १४०, विनयी त्रिवेणीमा एक हजार ६६२, बुलिङटारमा ४४२ र बौदिकालीमा ६५९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनुभयो ।

    नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीको नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिगले मात्रै फोटोसहितको मतदाता परिचयपत्र पाउने शर्माले जानकारी दिनुभयो । जिल्लामा आठ स्थानीय तह भए पनि सात स्थानीय तहमा मात्रै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको शर्माले बताउनुभयो ।

    “जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको छ”, शर्माले भन्नुभयो, “त्यसैले कावासोतीबाहेकका अन्य सात स्थानीय तहमा विशेष अभियान सञ्चालन गरेका हौँ ।” चार गाउँपालिकामा विशेष अभियान सकिएपछि पुस ५ गतेदेखि जिल्लाका अन्य तीन नगरपालिकामा अभियान सुरु भएको शर्माले बताउनुभयो ।

    गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा सञ्चालन भइरहेको दोस्रो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पुस १९ गतेसम्म जारी रहने उहाँले जानकारी दिनुभयो । जिल्लामा दुई लाख ३७ हजार ८२ मतदाता रहेको उहाँले बताउनुभयो । विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ पुरुष र चार जना तेस्रो लिङ्गी मतदाता रहेका शर्माले बताउनुभयो ।

    स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयमा भइरहेको नामावली सङ्कलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भन्दै जिल्ला निर्वाचन अधिकारी शर्माले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह, बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताउनुभयो । स्थानीय तहमा मतदाता नामावली सङ्कलन हुँदा फरक–फरक दिन फरक–फरक वडाका बासिन्दाको नामावली दर्ता गरिएको शर्माले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.