सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँके र बर्दियाका २२ पुलको मर्मत सम्भार शुरु


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार १४:४३ 
  • राँझा, ७ पुस । बाँके र बर्दिया जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मत सम्भार कार्य भइरहेको छ ।
    बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मतसम्भार कार्य भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्म बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मत, सम्भारकार्य कार्य भइरहेको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पुलको जोडेको भाग, फुटेको र चर्केको स्थान, बेरिङ सफा गर्ने र ग्रिसिङको काम भइरहेको छ । पुरानो र जीर्ण भएकाले पुलको मर्मतको आवश्यकता भएको बताउँदै उहाँले मर्मतसम्भार गरेपछि पुल अझैँ २० वर्षसम्म टिक्ने बताउनुभयो । यी पुल आइआरसी क्लास ‘ए’ निर्माण भएका पुल भएको उहाँको भनाइ छ ।

    पुल करिब ४० वर्ष पुराना भइसकेकाले मर्मत सम्भार गरिरहनुपर्ने अवस्था आएको छ । ४० वर्ष पुराना भए पनि यी पुलको आयु ५० देखि ७५ वर्ष रहेकाले मर्मतसम्भार गर्दै सञ्चालनमा ल्याउने काम भएको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले जानकारी दिनुभयो । भारतीय मापदण्डअनुसार निर्माण भएका पुराना पुलको क्षमता एकीन नभए पनि अधिक भारका सवारीसाधन सञ्चालन भएकाले पुलको आयु घट्दै गरेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.