सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ ८ दिनपछि भेटिए


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार १२:३८ 
  • सुर्खेत,७ पुस। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

    उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले अनलाइनखबरलाई बताए । ‘जिल्लाको डीएसपीसँग छोटो कुरा भयो भखरै, प्रहरीले चन्द्रेलाई खार्पुनाथमा फेला पारेको छ’ डीआईजी ऐरले भने, ‘जिल्ला सदरमुकाम ल्याइँदैछ, राम्रोसँग फोन सम्पर्क हुन सकेन । बाँकी विवरण जिल्ला पुगेपछि मात्रै प्राप्त हुन्छ ।’

    हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका-४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग  प्रमे विवाह गरेका थिए । रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए ।

    त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो ।

    चन्द्रेलाई केटी पक्षले नै बेपत्ता पारेको चन्द्रेका परिवारले दाबी गरेका थिए । १५/२० जनाको समूहले मध्यराति छरछिमेकीको घरमासमेत तालाबन्दी गरी चन्द्रे र किशोरीलाई लिएर गएको परिवारले आरोप लगाउँदै आएका छन् ।

    तर, केटीको परिवारले भने चन्द्रेलाई घरमै छोडेर गएको प्रहरीसमक्ष बताएको थियो । केटीका बुवा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले नियन्त्रणमा लिएर हुम्लाको जिम्मा लगाएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.