सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि चितवनमा विद्युतीय राहदानी वितरण हुने


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार ११:२६ 
  • चितवन, ७ पुस । चितवनमा आजदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु भएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले आजबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी गरिएको जानकारी दिए ।

    उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘मोबाइलबाट पनि फारम भर्न सकिन्छ । तर नागरिकता र फोटो अपलोड गर्ने क्रममा समस्या सिर्जना भने हुन सक्छ’ पौडेलले भने । अनलाइनबाट मिति र समय पहिले नै बुक गर्नुपर्ने छ ।

    उनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।

    यस्तै अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । व्यावसायिक पसलहरु फारम भरेको रकम बढी लिएको महशुस भएमा प्रशासनलाई खबर गर्न उनले आग्रह गरे । अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने उनको भनाइ छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.