सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेन


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १५:२२ 
  • म्याग्दी, ६ पुस । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा लाखाँै खर्चेर निर्माण भएको लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि निर्माण भएको आयोजना प्रयोगमा नआउँदा सफा, स्वच्छ र सुरक्षित खानेपानी सहजरुपमा उपभोग गर्ने पात्लेखेतवासीको वर्षौंदेखिको सपना अधुरो छ । स्थानीयवासी केदारनाथ शर्माले एकातर्फ लाखौँ लगानी भएको आयोजना प्रयोगविहीन बन्ने र अर्कोतर्फ उपभोक्ताले खानेपानीका लागि दुःख पाउने अवस्था रहेको बताउनुभयो ।

    “निर्माण भएका संरचना प्रयोगमा नआउँदै जीर्ण बनेका छन”, उहाँले भन्नुभयो, “खानेपानी आपूर्ति नहुँदा उपभोक्ताको समस्या जस्ताको तस्तै छ ।” बेनी नगरपालिकाले आव २०७६÷७७ मा पात्लेखेतमा काछलुङ लिफ्ट खानेपानी योजना निर्माणका लागि रु ४८ लाखमा ठेक्का सम्झौता गरेका थियो ।

    नगरपालिकाका इञ्जिनीयर विमल रञ्जन कार्कीका अनुसार आयोजना निर्माणमा रु ३९ लाख खर्च भएको छ । “कोभिडको पहिलो लहर फैलिएपछि गरिएको बन्दाबन्दीले असारमा सुरु गरेर एकै महिनामै निर्माण गर्नुपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “बर्खाको खेतीबाली लगाउने याम भएकाले बाली लगाएको जग्गामा वितरण तथा मुख्य लाइन योजनाअनुसार बनाउन सकिएन् ।”

    साठी घरधुरीलाई खानेपानी वितरण गर्ने उद्देश्यले सञ्चालित योजनामार्फत पात्लेखेतको फेदी कात्लुङमा दुई वटा इन्टेक, दुई वटा ट्याङ्की निर्माण, मुख्य लाइन र सौर्य ऊर्जामार्फत पानी तान्ने प्रविधि जडान भएको थियो । गत आव २०७७÷७८ मा बेनी नगरपालिको थप रु दुई लाख विनियोजन गरेर मुख्य लाइन सिधा बनाएपछि केही समय आयोजना सञ्चालनमा आएको थियो ।

    बर्खामा पहिराले सङ्कलन च्याम्बर र दुई वटा इन्टेक बगाएपछि खानेपानी आपूर्ति हुन नसकेको स्थानीयवासी शिबहादुर शाहीले बताउनुभयो । “पुरानो ट्याङ्कीमा नयाँ आयोजनाको पानी सङ्कलन गरेर वितरण गर्ने व्यवस्था मिलाउन खोजिएको थियो”, उहाँले भन्नुभयो, “उपभोक्ता बढेका र पुरानो मुहानको पानी कम भएकाले समस्या भएको छ ।”

    स्रोत कम भएकाले पानी भर्न पालो लगाउने गरेका छन् । सीमित सङ्ख्याको सार्वजनिक धारामा पानी भर्न स्थानीयवासीको भीड लाग्ने गरेको छ । कतिपयले धाराबाट घरमै निजी पाइप जोडेर पानी लैजाने गरेका छन् । व्यवस्थापनमा चुनौती र पानीले सामाजिक द्वन्द्व बढाएको छ ।

    पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले क्षतिग्रस्त लिफ्ट खानेपानी आयोजनाका संरचना मर्मत गरी पुनःसञ्चालनका लागि नगरपालिकामा प्रस्ताव गरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.