सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदमा मेरो उपस्थितिले केपीको सातो गएको छ : माधव नेपाल


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १४:४५ 
  • पोखरा,६ पुस। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

    गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् ।

    आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, ‘.. म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’

    मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण देखाउँदै कार्यक्रमको सुरुमै उनलाई वक्ताका रुपमा उभ्याइएको थियो । करिब १ घन्टाभन्दा बढी प्रशिक्षणात्मक भाषण दिएका उनले आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिए ।

    एमाले विभाजनपछि नेपाल र ओली मंसिर अन्तिम साता काठमाडौंमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका गिए ।

    एकले अर्कासँग नबोलेको भएपनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए । ‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग ! कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो । रमाइलो भयो,’ उनले भने ।

    नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए । ‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले… त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ,’ उनले भने । उनले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको र त्योभन्दा फरक आफूहरु हुनुपर्ने कार्यकर्तालाई सुझाए ।

    अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको आरोप समेत लगाएका छन । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्‍या छ ? संविधानका सम्मान गर् रे, सम्मान गर्‍ या’छन् ?’

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको नेपालको भनाइ छ । ओली सरकार दलाल र चाकडीतन्त्रमा लिप्त रहेको र संविधान विपरीत काम गरेकाले उनलाई सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उनले सुनाए ।

    भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाललगायतले प्रशिक्षण दिनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.