सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १४:३७ 
  • जनकपुर, ६ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् ।

    प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिससक्नुभएको छ ।

    निर्वाचन समितिले जनकपुरधामस्थित स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ संयोजन समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो । मतदान बुधबार बिहानबाट हुने जनाएको छ । प्रदेश अधिवेशनको उद्घाटन भए पनि जिल्ला जिल्लामा प्रतिनिधि छनोट हुन नसकेको जनाउँदै महाधिवेशन पछि मात्रै प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेको छ ।

    प्रदेशका आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी एक हजार ९२० मतदाता रहेको जनाएको छ । यसमा केही केन्द्रीय सदस्य थप हुन सकिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.