सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री बालकृष्ण खाँणले भनेः एमसीसी अगाडि बढ्छ


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १३:१० 
  • काठमाडौं, ६ पौष । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताए ।

    ‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा भने,‘एमसीसी धेरै अगाडि नै सम्झौता भएको हो । नेपालको विकासका लागि नेपाल सरकारले नै बढाएको हो ।’

    एमसीसी ऋण नभई निशर्त अनुदान भएको उनको भनाई थियो । विद्युतीकरण र सडक निर्माणका लागि सरकारले नै प्रस्ताव गरेपछि अमेरिकाले विकास परियोजनालाई स्वीकारेर ल्याएको बताए ।

    एमसीसीबारे भ्रमहरु देखिएको भन्दै त्यसमा अल्झन नहुने बताए । उनले भने,‘यो निशर्त अनुदान हो ।’ एमसीसीबारे दलहरुबीच छलफल चलिरहेको बताए । चाँडै निष्कर्ष निकालेर अघि बढिने उनको भनाई थियो ।

    एमसीसी रोक्न सत्ता गठबन्धनकै दलहरु लागपरेको अवस्थामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.