सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १२:३२ 
  • पाल्पा, ६ पुस । तानसेन नगरपालिकाले आव २०७७÷०७८ मा रु पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३÷७४ मा रु दुई करोड ६८ लाख ८५ हजार सङ्कलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसुदन घर्तीले बताउनुभयो ।

    शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पु¥याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व सङ्कलनमा प्रभावित भएको हो । नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो । नगरपालिकाले १८ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । राजस्व सङ्कलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो ।

    नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य बिक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ ।

    त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ । नगरपालिकाले आन्तरिकरुपमा रु चार करोड ४६ लाख ७७ हजार ६१५ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताउनुभयो । राजस्व बाँडफाँटबाट रु एक करोड २८ लाख ६६ हजार ४५७ प्राप्त गरेको थियो । आव २०७६÷७५ मा रु पाँच करोड ७८ हजार राजस्व प्राप्ति भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.