सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार ११:५७ 
  • काठमाडौं, ६ पुस । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे बैठक बस्न लागेको हो ।

    आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सांसद प्रेम सुवालले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्‍ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    सम्भावित दोस्रो कार्यक्रममा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश, २०७८ स्वीकृत गरियोस्’ भन्‍ने प्रस्‍ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    सम्भावित तेस्रो कार्यक्रममा सांसद प्रेम सुवालले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्‍ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    सम्भावित चौथो कार्यक्रममा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकार गरियोस्’ भन्‍ने प्रस्‍ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    आजको प्रतिनिधिसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले घटनाक्रम पुरानै भई नयाँ घटनाक्रम विकास नभएकाले एमाले पूर्ववत रुपमा संसद बैठक आज पनि अवरुद्ध जारी राख्ने बताएका छन् ।

    यद्यपि संसद बैठकअघि सभामुख अग्‍निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् । परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । समिति बैठक संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने भएको हो ।

    एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक पनि अबरुद्ध गर्दैै आएको छ । संसदमा सभामुखको भूमिकाको विषयमा आपत्ति जनाउँदै एमालले बैठक बहिष्कार गर्दै आएको हो ।

    यस्तो छ आजको सम्भावित कार्यसूची

     सम्भावित कार्यसूची

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.