सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार ११:०२ 
  • जलेश्वर, ६ पुस ।  महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।

    शीतलहर, हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तररूपमा बगिरहेको चिसो स्याँठका कारण पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेको हो । यहाँका मानिस, चौपाया, पशुपक्षीसहित बालीनालीसमेत प्रभावित भएको छ । निरन्तरको बढ्दो जाडोले गर्दा विगत पाँच दिनमा जिल्लामा कुनै किसिमको मानवीय क्षति नभए पनि जिल्लाका गाउँ बस्तीमा नराम्रो असर परेको हो । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ ।

    त्यस्तै खेतबारीमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासीले यातयातका साधन चढ्न कम गरेका छन् ।

    यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

    दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका जिल्लाको गाउँबस्तीमा स्थानीयवासी जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खरपातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् भने गरिब टोल बस्तीमा खानपान र जीवनयापनको समस्या हुन थालेको छ । जिल्लाको गौशाला, बर्दिवास, मनरासिस्वा, भङ्गाहा, पिपरा, लोहारपट्टी र जलेश्वर नगरपालिका क्षेत्रभित्र रहेका गरिब, दलित बस्तीमा वृद्धवृद्धा कठ्याङ्ग्रिएर बिरामी हुने क्रम बढ्न थालेको छ भने ती बस्तीमा न्यानो लत्तकपडा र खानपिनको पनि समस्या हुन थालेको बस्तीका बासिन्दाले बताएका छन् ।

    सहरी क्षेत्रका मानिस विभिन्न आधुनिक सुविधाबाट आफ्ना ज्यानको सुरक्षा गर्न सक्षम भए पनि जिल्लाका गरिब दलित बस्तीमा प्रत्येक वर्ष जाडोका बेला न्यानो लत्ताकपडा, ओढ्ने ओछ्याउने र पोषिलो खानपिनकै अभावमा दर्जनाँै व्यक्तिको ज्यान जाने गरेको छ । विगत पाँच दिनदेखि बढ्दै गएको असहनीय जाडोबाट जिल्लावासीलाई जोगाउन जिल्ला दैवी प्रकोप समिति वा अन्य कुनै पनि सरकारी गैरसरकारी सङ्घसंस्थाले अहिलेसम्म कुनै पनि कदम चालेका छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.