सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको अर्थतन्त्रका सबै इण्डिकेटर खराब : एमाले उपाध्यक्ष पाण्डे


  •    न्युजभित्तो/५ पुष २०७८, सोमबार १५:११ 
  • चितवन, ५ पुस  । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्रका सबै इण्डिकेटर खराब रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले अर्थतन्त्र सम्हाल्न नसकेको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “बैंक ब्याजदर बढेको तरलता अभाव भएको, पूँजीमा लागत बढेका कारण उद्योगधन्दा प्रभावित भएको, वैदेशिक मुद्राको संचित घट्दो क्रममा रहेको, आयात बढेर व्यापार घाटा चुलिएर गएको, भुक्तान सन्तुलन नकारात्मक बनेको छ ।” उहाँले पाँच महिनाको अवधिमा केवल ६ प्रतिशत मात्रै पूँजीगत खर्च भएको बताउँनुभयो । उहाँले भन्नुभयो “राजनीतिसँगै आर्थिक संकट निम्तिदै छ ।” सरकारले खराब ईण्डिकेटरलाई सम्बोधन गर्न नखोजेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो “आम नेपालीले दुःख पाउने अवस्था सिर्जना हुँदैछ ।”

    एमसिसिका बारेमा उहाँले बिना शर्त कुनै पनि सहायता नपाईने बताउनु भयो । उहाँले जुनसुकै देश वा दाताले दिने सहायतामा शर्तहरु हुने गरेको बताउँदै पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले भन्नुभयो “सहायता र ऋणमा पनि शर्त हुन्छन् ।“ उहाँले भन्नुभयो “कतिपयले सहायतालाई नबुझेर टिकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिना शर्त आउँदैन ।” नेपालले भारतबाट १.७५ प्रतिशतमा ऋण लिंदा ८५ प्रतिशत कच्चा पदार्थ भारतको प्रयोग गर्नुपर्ने शर्त स्वीकार गरेर लिने गरेको उहाँले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “चिनिया सफ्ट लोन लिंदा पनि हामीले चिनिया बाहेक अरुले ठेक्का लिन नपाउने शर्तमा ऋण लिएका छौं ।” चीन सरकारसँग १.७५ प्रतिशतमै शर्त सहित ऋण लिएको उहाँले बताउनुभयो ।

    अन्य विभिन्न देशबाट ऋण र अनुदान लिंदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अनुदान विभिन्न देशबाट लिन्छौं, सम्बन्धित देशले नै ठेकेदार तय गरेर भुक्तानी समेत उही देशले गरेर कागज मात्रै नेपाल पठाउने समेत गर्दछन् ।” पूर्व अर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिना शर्त आउँछ भन्ने भान परेको बताउनुभयो । उहाँले थप्नुभयो “अनेक कण्डिसनका बीचमा पैसा आउँछ, एशियाली विकास बैंक, विश्व बैंक लगायतले दिने ऋणमा पनि शर्तहरु हुन्छन् । उनीहरुले पनि ऋण दिंदा आफै परामर्शदाता तोकेर पठाउँछन् ।”

    एमसिसिमा पनि शर्तहरु रहेको भन्दै उहाँले ती शर्तहरु देशको हितमा छ भने मान्य पर्ने र हितमा छैनन् भने मान्न नहुने बताउनुभयो । उहाँले जोड दिंदै भन्नुभयो “बिना शर्त पैसा आउँदैन, शर्त बेगर आउँछ कि भन्ने लागेको हुन सक्छ ।”

    एमसिसिको विषयमा टिप्पणी गर्दै उहाँले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो राजनीतिक सम्बन्धमा गएर समस्या र क्षतिको स्थिति हामीले व्यहोर्न सक्ने हुन सक्छ ।” अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उहाँको चिन्ता थियो । उहाँले भन्नुभयो “हामीले त्यो स्रोत प्राप्त गर्ने स्रोत कमजोर भएर गयो भने नयाँ प्रकारको आर्थिक संकटतर्फ देश जान सक्छ ।”

    यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाई छ । यद्यपी सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उहाँको आरोप छ । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्तमा जटिल समस्या देखिएको भन्दै उहाँले यसको समाधान निर्वाचन नै भएको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.