सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोषीलाई वचाएको भन्दै रौतहटमा प्रहरी र प्रदर्शनकारी बिच झडप


  •    न्युजभित्तो/५ पुष २०७८, सोमबार १४:१२ 
  • रौतहट, ५ पुस । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।

    गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

    उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ ।

    प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ । प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।

    पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए । यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो।

    प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ । अहिले प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका छन् । धर्नाको अगुवाई फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतोले गरिरहनुभएको छ ।

    रौतहट प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

    दुर्घटना लगत्तै टिपर चालक फरार भएका थिए । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.