सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माछाको स्वदेशी दानाले बजार नपाउँदा क्षमता अनुसार उत्पादन हुन सकेन


  •    न्युजभित्तो/५ पुष २०७८, सोमबार १०:०८ 
  • चितवन ५ पुस । यहाँ उत्पादीत माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्य पालक किसानहरुको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादीत दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।
    पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता रहेको छ । उद्योगका अध्यक्ष बुद्धिराज चौधरीले आयातीत माछा दानासंग यहाँ उत्पादित दानाले प्रतिशपर्धा गर्न नसक्दा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “लागत मूल्य वढि पर्दा वजार पाउन सकेन ।” नेपालमा उत्पादित दानाको मूल्य र आयातीत दानाको मूल्यमा नेपालको दानाको मूल्य केही वढि पर्ने भएकाले महंगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशी भन्दा विदेशी दानाको प्रयोग वढि गरेको उहाँको भनाई छ ।
    माछालाई आबश्यक पर्ने तत्वहरु रहेको नेपाली दाना भन्दा कमशल दानाको प्रयोग वढि हुने गरेको उहाँले दुखेसो गर्नुभयो । उहाँले भन्नुृभयो “बजारमा माग हुन नसक्दा उत्पादन वढाउन सकिएन ।” गत वर्ष देखि सञ्चालनमा आएको यस उद्योगले हाल सम्म करिब ४ सय टन दाना बिक्रि गरेको उहाँले बताउनुभयो । बजारमा स्वदेशी दानाको माग कमि हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार दानामा प्रयोग हुने कच्चा पदार्थ भन्दा भारतबाट आयातीत कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिशपर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत रु १ करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरि रु १८ करोडको लगानीमा निर्माण गरिएको हो ।
    रत्ननगर उद्योग वाणिज्य संघको अगुवाईमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवन सहित बर्दिया, कैलाली लगाएतका जिल्लाहरुमा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताउनुभयो । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले वजार नपाउँदा व्यवसायीहरु चिन्तित बनेका हुन । पाण्डेले भन्नुभयो “परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले वजार पाउन नसकेको हो ।”
    नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रबर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छुटको व्यवस्था गरिदिनु पर्छ ।” जिल्लामा मात्र १ हजार ३ सय ७ जना माछा पालक किसान रहेका छन् । यहाँ गत वर्ष ४ हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो । यस वर्ष ६ हजार ६ सय ५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
    नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौषम सुरु भए संगै माछाले दाना कम खाने भएकाले बजारमा दाना बिक्रि नभएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौषममा दाना कम प्रयोग हुने गर्दछ ।” नेपालमा उत्पादित दानाको मूल्य केही महंगो भएका कारण पनि समस्या आएको उहाँको भनाई छ । भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना बिक्रि बितरणमा समस्या आएको उहाँले बताउनुभयो । नेपालमा हाल १२ हजार भन्दा वढि व्यवसायीक रुपमा माछा पालन गर्ने कृषकहरु रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.