सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार १६:१६ 
  • काठमाडौँ, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको छ ।

    बैठकमा संसद्मा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले राससलाई जानकारी दिनुभयो । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको जानकारी पनि उहाँले दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.