सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन उद्योग सङ्घद्वारा औद्योगिक पाठशाला सुरु


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार १६:०६ 
  • चितवन, ४ पुस । नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले चितवन उद्योग सङ्घले औद्योगिक पाठशाला सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षासमेत सञ्चालन गरिसकेको छ ।

    सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालका अनुसार सङ्घले दुई वर्षे कार्ययोजनाअन्तर्गत १० वटा पाठ्यपुस्तक तयार गरी नियमित रुपमा कक्षा सञ्चालनको योजना बनाएको छ । सोही योजनाअन्तर्गत सङ्घले २० जनालाई व्यावसायिक योजना लेखन कक्षा दिएको छ । व्यावहारिक र सैद्धान्तिक शिक्षाबीचको अन्तरलाई पूरा गर्नका लागि औद्योगिक पाठशाला सञ्चालन गरिएको हो । नयाँ उद्योगी बन्न चाहने र उद्यमशिलतामा रहेकालाई प्रवद्र्धन गर्नका लागि यो कक्षा सहयोगी बन्ने उहाँले वताउनुभयो ।

    सङ्घले कारखाना, बजार र उधारो व्यवस्थापन, प्याकेजिङ, लेवलिङ, ब्राण्डिङ, बेसिक एकाउण्टिङ, फाइनान्सियल एकाउन्टिङ, मानव संशाधन व्यवस्थापन, नयाँ उद्यम तथा उद्यमशिलता विकास र वित्तीय व्यवस्थापनका लागि पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । सङ्घले यी पाठ्यक्रम निर्माणका लागि रु १० लाख खर्च लाग्ने अनुमान गरेको छ । पाठ्यक्रम निर्माणका लागि जिल्लाका सात पालिका, सङ्घीय सरकार उद्योग मन्त्रालय, प्रदेश सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिएको सिलवालले बताउनुभयो ।

    उहाँका अनुसार पाठ्यक्रम निर्माणसँगै सम्बन्धित विषय विज्ञ र उद्यमशिलतामा लागेका पुराना व्यवसायीले प्रशिक्षण दिने गरेका छन् । एकपटकमा २० देखि ३५ जनासम्म राखेर पठनपाठन गराइने औद्योगिक पाठशालामा सहभागी प्रशिक्षार्थीलाई क्षमता अभिवृद्धि गर्दै दिगो उद्यमशलितामा टिकाई राख्न, रोजगारीको सिर्जना र नयाँ उद्यमी सिर्जनामा सहयोग पुग्ने सङ्घले विश्वास लिएको छ ।

    सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले पाठशाला औद्योगिक शिक्षालय सञ्चालनका लागि आधार तय गर्नका लागि सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा मागको आवश्यकता विश्लेषण गरी आन्तरिक रुपमा पाठ्यक्रम निर्माणको काम गरिएको छ ।” नेपालमा नै पहिलो पटक पाठशाला सञ्चालनमा ल्याइएको हो । औद्योगिक पाठशाला तीन दिनदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

    चितवन उद्योग सङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गर्न मिल्ने गरी आधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको छ । केन्द्रमा हालसम्म छ वटा प्रदर्शनी गरिसकिएकोे छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.