सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घिरिङमा एक घर एक धारा अभियान


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार १४:४९ 
  • – कृष्ण न्यौपाने

    दमौली, ४ पुस । तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरै धारा आएपछि हर्षित छन् ।

    अभियानअन्तर्गत वडा नं–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ । समुन्द्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित उक्त गाउँमा अलैची खानेपानी योजना निर्माण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको रु ६२ लाखको लागतमा निर्माण गरिएको सो योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ ।

    गत वर्षदेखि निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना सङ्क्रमणका कारण केही समय ढिला भएको थियो । “कोरोना न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीमा पनि उपभोक्ताबाट निरन्तर काम भएको थियो,” उहाँले भन्नुभयो, “घरघरमै खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुसी छन् ।” घरघरमै धारा जडान भएको खुसीयालीमा उनीहरूले नाचगानसमेत गरेका छन् ।

    धारा नहुँदा यहाँका बासिन्दालाई खानेपानीका लागि कुवा र पधेराको भर पर्नुपर्दा बिहानैदेखि पानीको जाहो गर्नुपर्ने चिन्ता हुन्थ्यो । अहिले घर घरमै धारा पुगेपछि अब उनीहरूलाई उक्त चिन्ता हटेको छ ।

    गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खानेपानीको सुविधा नपुगेका हरेक घरमा पानी पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र सुविधा नपुगेका ठाउँमा एक घर एक धारा अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियोे ।

    गण्डकी प्रदेश सरकार, गाउँपालिका, पश्चिम नेपाल निर्वाचन क्षेत्र विकाश कार्यक्रमलगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पु¥याउने अभियान सञ्चलन गरिएको हो । हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर एक धारा पुगेको र ४५० घरधुरीमा धारा पुग्ने तयारीमा छ ।

    घिरिङ गाउँपालिका–१ स्थित पल्लो गढीगाउँ, पोख्रेलटोल, लामादी, खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली पुट्टारमा खानेपानीको काम भइरहेको छ ।

    प्रादेशीक भौतिक पूर्वाधार विकास मन्त्रालयको रु दश करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँच वटा योजना निर्माणाधीन अवस्थामा छन् । प्रथम योजनाअन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार एक ११९, दोस्रो योजनाअन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, तेस्रो योजनाअन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, चौँथो योजनाअन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र पाँचौँ योजनाअन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुँदैछ ।

    वृहत खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुने भएका छन् । डिभिजन खानेपानी कार्यालयका अनुसार कटहरेका ८६, पुट्टारका ८५, बैडीका २४२, भन्टारका ३९ र अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् ।स्थानीयवासीले दश प्रतिशत श्रमदान गर्नुपर्ने यी सबै योजना विसं २०७९ असार २४ सम्म सम्पन्न गर्र्नुपर्ने संझौतामा उल्लेख छ ।

    घिरिङ–२स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।

    घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासका प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सो योजना सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।-रासस/File Photo

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.