सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षासेवी स्व महर्जनलाई मरणोपरान्त प्याब्सन गौरव सम्मान


  •    न्युजभित्तो/३ पुष २०७८, शनिबार १६:२९ 
  • भक्तपुर,३ पुस । निजी तथा आवासीय माध्यामिक विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)भक्तपुर शाखाले मरोणपरान्त शिक्षासेवी राजकुमार महर्जनलाई प्याब्सन गौरव सम्मान प्रदान गरेको छ ।
    आज आयोजित १५औँ जिल्ला अधिवेशनमा प्याब्सनका केन्द्रीय बौद्धिक सल्लाहकार एवं भक्तपुर प्याब्सनका सल्लाहकार, तथा माउण्ट भ्यू इङ्लिस बोडिङ स्कूलका प्रिन्सिपलको भूमिका निर्वाह गर्नुभएका उहाँलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो ।

    प्याब्सनका वरिष्ठ केन्द्रीय सल्लाहकार राजेश खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनुभएका प्रिन्सिपल महर्जनकीे पत्नी मिना महर्जनलाई उक्त सम्मान प्रदान गर्नुभयो ।उहाँले कोभिडको महामारीबाट क्षति व्यहोर्दै अगाडि बढेको निजी विद्यालय दक्षजनशक्ति उत्पादनमा जस्तोसुकै सङ्कटमा पनि सशक्त भएर जानुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्याब्सनको भक्तपुर जिल्ला कार्यालयको तीन तले भवन निर्माणमा सहयोग गर्ने विद्यालय तथा दाताका साथै कोरोना संक्रमणको महामारीमा राहत उपलब्ध गराउने विद्यालय एवं दातालाई सम्मान गरिएको थियो । त्यस्तै प्याब्सनअन्तर्गत विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

    प्याब्सनका शाखा अध्यक्ष चन्द्र अधिकारी,केन्द्रीय प्याब्सनका उपाध्यक्ष दीपिका थापा, सल्लाहकार आशिष श्रेष्ठ, प्याब्सन वाग्मती प्रदेश उपाध्यक्ष निरु ढकाल, शाखाका सल्लाहकार भक्त राजभण्डारीलगायले विद्यालयले जस्तोसुकै सङ्कटमा पनि पढाइलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आजको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.