सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल आउनेले ७ दिन क्वारेन्टिन बस्नु नपर्ने, विरोधपछि सरकारले सच्यायो निर्णय


  •    न्युजभित्तो/३ पुष २०७८, शनिबार १४:४९ 
  • काठमाडौं, ३ पुस । पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ ।

    अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।

    जर्मनी, बेल्जियमसहितका युरोपेली मुलुकसहित मलेसियाबाट नेपाल आउनेले अनिवार्य सातदिन क्वारेन्टिन बस्नुपर्ने सरकारको निर्णय थियो । ती मुलुकमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि अध्यागमनले आगमन व्यवस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय बमोजिम क्वारेन्टिन नियम ल्याएको थियो ।

    तर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.