सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीले दिएको टीके पद सल्लाहकार परिषद् सदस्य रावलद्वारा अस्वीकार


  •    न्युजभित्तो/३ पुष २०७८, शनिबार १४:२४ 
  • काठमाडौँ,३ पुस । नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष एवं एमालेको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएकोमा कडा आपत्ति जनाएका छन् ।

    रावलले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफूलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनिएको भन्दै अप्रत्यक्ष रुपमा उनले सो पद अस्वीकार गरेका छन् ।यदि पार्टीले आफूलाई सो पदको जिम्मेवारी दिएको सत्य हो भने सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् । उनले यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि बताएका छन् ।

    उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

    एमालेको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवार दिएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।अध्यक्षमा पराजित भएपनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने सो पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकार सदस्यमा राखिएको एमालेले बताएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.