सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल आयल निगम अझै घाटामा


  •    न्युजभित्तो/३ पुष २०७८, शनिबार १२:५९ 
  • काठमाडौँ,३ पुस । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महिना अगाडिसम्म पाक्षिक साढे २ अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिकरुपमा १ अर्ब ५७ करोड घाटा हुनेछ ।

    पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४४ पैसा, डिलेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

    निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ । हवाई इन्धन (अन्तरराष्ट्रिय)तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मट्टितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ । हवाई इन्धन र मट्टितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन । घाटा पूर्ति गर्न निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाबमा रहेको छ ।

    निगमले पछिल्लो पटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमका अनुसार अहिले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३६, डिलेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।

    पछिल्लो पटक नेपालमा मूल्य समायोजन पश्चात पनि भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो रहेको सहप्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.